खोटाङ- जन्तेढुंगा गाउँपालिका वडा नम्बर -६ दिप्लुङस्थित शिकारीथुम्का भिरमा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक गम्भीर घाइते भएका छन् ।
शुक्रवार साँझ करिव पौने ७ बजे भएको दुर्घटनामा ट्याक्टर चालक उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर- ६ बस्ने २२ वर्षीय टंकराम चौधरी अचेत अवस्थामा फेला छन् ।
शिकारीथुम्का भिरमाबाट ट्याक्टर करिव ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
घटनास्थलमा ट्याक्टरको हालसम्म हुट मात्र भेटिएको अन्य पछाडिको डालाको भागको खोजी कार्य भइरहेको उनको भनाई छ ।
घाइते चौधरीको सवारी चालक अनुमती पत्रबाट पहिचान भएको र प्रथामिक स्वास्थ चौकी चिसापानीमा उपचारको लागि पठाइएको बुढाथोकीले बताउनुभयो ।
घटनास्थलमा इलाका प्रहरी चौकी चिसापानी र प्रहरी चौकी बराहपोखरीबाट प्रहरी पठाइएको छ। घटनाको बिस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।