• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


पत्नीलाई बलात्कार गरेको अभियोगमा पति पक्राउ

पत्नीलाई बलात्कार गरेको अभियोगमा पति पक्राउ

images

प्रभाव न्यूज

२५ श्रावण २०८२
  • 6.9K
    SHARES
  • images
    पत्नीलाई बलात्कार गरेको अभियोगमा पति पक्राउ
    images
    images
    images

    पाँचथर- पतिले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि पाँचथरको फिदिम नगरपालिका-४ बाट प्रहरीले २७ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

    images

    उनले मदिरा सेवन गरेर आफूलाई दैनिकजसो कुटपिट गर्ने, मानसिक यातना दिने र जबरजस्ती करणी गरेको जाहेरी प्राप्त भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    पक्राउ परेका पीडकको नाम भने सार्वजनिक गरिएको छैन। करिब तीन वर्षकी छोरीसहित फिदिम-४ मा बस्दै आएका ती पुरुषलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जनाकारी दिए ।

    उनका अनुसार पीडितले दिएको श्रीमान‍्ले मादक पदर्था सेवन गरी पटकपटक कुटपिट गर्ने, मानसिक यातना दिने र मञ्जुरीबिना जबरजस्ती करणी गरेको उल्लेख छ ।

    images

    images
    images

    प्रकाशित :श्रावण २५, २०८२ शनिवार - १३:०९:५३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij