• सोमवार, कार्तिक १७ गते २०८३

TRENDING :

Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते


कांग्रेसको महाधिवेशन २०८३ को सेरोफेरोमा हुन्छ : सिटौला

कांग्रेसको महाधिवेशन २०८३ को सेरोफेरोमा हुन्छ : सिटौला

images

प्रभाव न्यूज

१२ श्रावण २०८२
  • 4.9K
    SHARES
  • images
    कांग्रेसको महाधिवेशन २०८३ को सेरोफेरोमा हुन्छ : सिटौला
    images
    images
    images

    काठमाडौँ - नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको महाधिवेशन आगामी २०८३ साल दसैँको सेरोफेरोमा हुने बताएका छन् ।

    images

    आइतबार पत्रकार सम्मेलन गर्दै नेता सिटौलाले भने, ‘महाधिवेशन ८३ सालको दसैँको सेरोफेरोमा हुन्छ अहिले हुँदैन ।’

    उनले कांग्रेसको महाधिवेशन नवौँदेखि आजसम्म पाँच वर्षमै भएको भन्दै अब १५ औँ महाधिवेशन पनि पाँच वर्षमै हुने बताए । ‘चार वर्षको कार्यकालमा १ वर्ष म्याद थप्न पाइन्छ ।

    चार वर्ष अबको मङ्सिरमा पुरा हुन्छ । अहिलेसम्म क्रियाशील सदस्यता टुंगिसकेको छैन त्यसका लागि असोज मसान्त तोकेका छौ’, सिटौलाले भने, ‘८३ को मङ्सिरभन्दा उता लैजानुहुँदैन । गर्नुपर्छ ।’

    images

    images
    images

    प्रकाशित :श्रावण १२, २०८२ आइतवार - १२:२२:२२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij