• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


दिक्तेलका मेयरले माइतीघरमा सुरु गरे सत्याग्रह

दिक्तेलका मेयरले माइतीघरमा सुरु गरे सत्याग्रह

images

प्रभाव न्यूज

१२ श्रावण २०८२
  • 4.8K
    SHARES
  • images
    दिक्तेलका मेयरले माइतीघरमा सुरु गरे सत्याग्रह
    images
    images
    images

    खोटाङ - दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले काठमाडौंको माइतीघरमा सत्याग्रह सुरु गरेका छन् ।

    images

    बाँसलगायत स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्ने माग राख्दै बाँस तथा बाँसबाट निर्मित सामग्रीसहित आइतबार बिहान करिब ९ बजेदेखि उनी सत्याग्रहमा बसेका हुन् ।

    गत जेठ २३ गते र असार ६ गते बाँस लगायत स्थानीय उत्पादको प्रवर्द्धन गर्नुपर्ने लगायतका विभिन्न सात सूत्रीय माग प्रधानमन्त्रीसमक्ष पठाएको तर कार्यान्वयन गर्न सरकार उदासीन बनेको भन्दै सत्याग्रहमा बसेको भट्टराईले बताएका छन् ।

    बाँस तथा बाँसबाट निर्मित सामग्रीसहित सिंहदरबार परिक्रमा गर्न खोज्दा प्रहरीले रोकेको थियो।

    images

    आइतबार बेलुकी ५ बजेसम्म सत्याग्रह बस्ने भट्टराईको भनाइ छ । तीन दिन सत्याग्रह बस्दा पनि माग पूरा नभए आमरण अनसन बस्ने भट्टराईले चेतावनी दिए ।

    images

    images
    images

    प्रकाशित :श्रावण १२, २०८२ आइतवार - ११:३२:२३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij