• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


सरकारले बढाएको श्रमिकको न्यूनतम ज्यालाबारे नैनसिंह महरले भने- कागजी न्याय मात्रै

सरकारले बढाएको श्रमिकको न्यूनतम ज्यालाबारे नैनसिंह महरले भने- कागजी न्याय मात्रै

images

प्रभाव न्यूज

३ श्रावण २०८२
  • 4.5K
    SHARES
  • images
    सरकारले बढाएको श्रमिकको न्यूनतम ज्यालाबारे नैनसिंह महरले भने- कागजी न्याय मात्रै
    images
    images
    images

    काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारले हालै बढाएको श्रमिकको न्यूनतम ज्यालालाई ‘कागजी न्याय’ को संज्ञा दिँदै यसले श्रमिकको वास्तविक जीवनस्तर र बजारको क्रूर महँगीबीचको खाडल पुर्न नसक्ने बताएका छन् ।

    images

    ज्याला निर्धारणको वैज्ञानिक आधारलाई लत्त्याएर केवल अंक बढाउने तदर्थवादी शैलीले श्रमिकलाई तात्त्विक राहत दिन नसक्ने उनको विश्लेषण छ ।

    प्राज्ञिक विमर्श समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘बीपीको समाजवाद र आजको कांग्रेस’ विषयक कार्यक्रममा बोल्दै नेता महरले सरकार, रोजगारदाता र केही ट्रेड युनियनबीचको सहमतिमा तोकिएको नयाँ ज्यालामाथि गम्भीर प्रश्न उठाएका हुन् ।

    ‘साउन १ गतेदेखि लागू भएको १९,५५० रुपैयाँको नयाँ ज्याला सामान्य रूपमा थोरै अग्रगामी देखिए पनि यो श्रमिकको पसिनाको उचित मूल्य होइन । महँगीले उसको आँखामा ल्याएको आँसुमाथिको मोलतोल जस्तो देखियो,’ नेता महरले मर्मस्पर्शी टिप्पणी गरे, ‘यो वृद्धिले उसको भान्सामा थोरै राहत देला, तर बच्चाको महँगिएको शिक्षा, परिवारको स्वास्थ्य उपचार र भविष्यको सामान्य सपनालाई सम्बोधन गर्न सक्दैन ।’

    images

    ‘जीवनयापन लागत’ र ‘न्यूनतम ज्याला’ बीचको खाडल

    images

    नेता महरले सरकारले ‘न्यूनतम ज्याला’ को कानुनी प्रक्रिया पूरा गरे पनि श्रमिकलाई सम्मानजनक जीवन जिउन आवश्यक पर्ने ‘जीवनयापन लागत’ को अवधारणालाई पूर्णतः बेवास्ता गरेको आरोप लगाए ।

    ‘अर्थशास्त्रको सामान्य सिद्धान्तअनुसार ज्याला कम्तीमा पनि खाद्य, आवास, शिक्षा, स्वास्थ्य र सामान्य सामाजिक व्यवहार धान्न सक्ने हुनुपर्छ,’ उनले भने, ‘विभिन्न अध्ययनले काठमाडौं लगायतका तमाम  सहरमा चार जनाको परिवारलाई सामान्य जीवनयापन गर्न मासिक ३० देखि ३५ हजार रुपैयाँ आवश्यक पर्ने देखाइरहँदा सरकारले तोकेको १९,५५० को आँकडा कसरी वैज्ञानिक र न्यायोचित हुन्छ ?’ उनले यो वृद्धिले श्रमिकलाई गरिबीको रेखाभन्दा माथि उठाउन नसक्ने स्पष्ट पारे ।

    मुद्रास्फीतिको दानवले निल्यो वृद्धिलाई

    विगत दुई वर्षको बजार विश्लेषण गर्दै महरले १३ प्रतिशत हाराहारीको ज्याला वृद्धिलाई वास्तविक मुद्रास्फीतिले पहिल्यै निलिसकेको तर्क गरे । ‘यो वृद्धि श्रमिकको हातमा पर्नुअघि नै आकासिएको बजार भाउ र दुई अंकको डिलमा रहेको वास्तविक मुद्रास्फीतिको दानवले निलिसकेको छ। ,’ उनले थपे, ‘यसले श्रमिकको खस्किएको क्रय शक्तिलाई बढाउँदैन, बरु यथास्थितिमा राख्न पनि संघर्ष गर्नुपर्ने अवस्था छ ।’

    बीपीको समाजवाद र उत्पादकत्वको प्रश्न

    कार्यक्रमको विषयवस्तुसँग जोड्दै उनले बीपी कोइरालाको समाजवाद तथ्यांकमा मात्र सीमित नभएर हरेक श्रमिक र गरिबको आत्मसम्मानसँग जोडिएको बताए । ‘बीपीले परिकल्पना गरेको समाजवादमा श्रमिक केवल उत्पादनको साधन होइन, अर्थतन्त्रको सम्मानित हिस्सेदार हो,’ महरले भने, ‘अपर्याप्त ज्यालाले श्रमिकमा निराशा र उत्प्रेरणाको खडेरी ल्याउँछ, जसको सीधा असर देशको राष्ट्रिय उत्पादकत्वमा पर्छ । उचित ज्याला खर्च होइन, अर्थतन्त्रलाई चलायमान राख्ने सबैभन्दा शक्तिशाली लगानी हो ।’

    उनले ज्याला निर्धारणको तदर्थवादी प्रणाली अन्त्य गरी जीवनयापन लागत सूचकांकमा आधारित वैज्ञानिक र स्वचालित प्रणाली विकास गर्न सरकारसँग माग गरेका छन् । सरकारले साउन १ देखि लागू हुने गरी श्रमिकको न्यूनतम मासिक पारिश्रमिक १७,३०० बाट बढाएर आधारभूत तलब १२,१७० र महँगी भत्ता ७,३८० गरी १९,५५० रुपैयाँ तोकेको थियो ।

    images
    images

    प्रकाशित :श्रावण ३, २०८२ शुक्रवार - १६:२४:१२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij