• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छ : शेखर कोइराला

सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छ : शेखर कोइराला

images

प्रभाव न्यूज

२५ जेठ २०८२
  • 7.4K
    SHARES
  • images
    सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छ : शेखर कोइराला
    images
    images
    images

    काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन् । 

    images

    भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अफ्ठ्यारो परिस्थितिमा गएको बताए । नेपाली कांग्रेस मध्यमार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग खोस्नुपर्ने बेला भइसकेको उनको भनाइ छ । 

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन् । 

    भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अफ्ठ्यारो परिस्थितिमा गएको बताए । नेपाली कांग्रेस मध्यमार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग खोस्नुपर्ने बेला भइसकेको उनको भनाइ छ । 

    images

    कोइरालाले कुनै पनि देशमा मध्यमार्गी पार्टी कमजोर भए देश अराजकतातिर जाने जिकिर गरे । नेपाली कांग्रेस सरकारमा रहेको तर सत्ताको चाबी वामपन्थीहरूसँग रहेको भन्दै उनले सत्ताको चाबी कांग्रेसले खोल्नुपर्ने बताए । 

    images

    कांग्रेसको प्रतिष्पर्धी नेकपा एमाले भएकाले एमालेले गरेका नराम्रा कामहरू नागरिकसमक्ष लैजानुपर्नेमा उनको जोड छ । 

    “एमालेले गलत  काम गरेको छ  भने गलतलाई गलत र सहीलाई सही भन्न सकौँ, उनले भने, “नेपाली कांग्रेसका कार्यकर्ताले गलतलाई गलत भन्न सकेनन् भने ती कार्यकर्ता नेपाली कांग्रेसका कार्यकर्ता होइनन् ।” 

    images
    images

    प्रकाशित :जेठ २५, २०८२ शनिवार - १६:४८:३९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij