• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


एमालेका नेता-कार्यकर्ताको ‘झोला’ मा के छ ?

एमालेका नेता-कार्यकर्ताको ‘झोला’ मा के छ ?

images

प्रभाव न्यूज

२२ जेठ २०८२
  • 6.3K
    SHARES
  • images
    एमालेका नेता-कार्यकर्ताको ‘झोला’ मा के छ ?
    images
    images
    images

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेले अहिले ‘झोले’ अभियान चलाइरहेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले यो अभियानको सुरुआत गरेका थिए ।

    images

    ओलीले सामाजिक सञ्जालमा ‘म झोले हो’ भन्ने पोष्टरसहित सार्वजनिक गरेपछि अहिले पार्टीका अन्य नेता र कार्यकर्ताले पनि त्यही फलो गरेका छन् ।

    एमालेको यो अभियानप्रति सामाजिक सञ्जालमा चर्को टीकाटिप्पणी भइरहेको बेलामा महासचिव शंकर पोखरेलले एमालेका नेता र कार्यकर्ताको झोलामा के छ ? भन्दै ७ बुँदे प्रष्टीकरण दिएका छन् ।

    उनले भनेका छन्, ‘आउनुहोस् ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि नेकपा (एमाले) को गौरवपूर्ण झोलालाई गौरवका साथ बोकौँ । प्रतिकृयावादीहरूले नेकपा (एमाले) का विरुद्धमा प्रतिकृयावादी, प्रतिगामी, अराजकतावादी र कम्युनिस्ट विरोधीहरूले सिर्जना गरेका सबै प्रकारका भ्रमहरूबाट नेपाली समाजलाई मुक्त गर्ने अभियानमा जुटौँ ।’

    images
    ७ बुँदे प्रष्टीकरण

    १‍. मार्क्सवादी दर्शनः द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद

    images

    २. मार्क्सवादको सिर्जनात्मक विकासका क्रममा विकसित जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रम र सिद्धान्त

    ३. जबजको प्रयोग र विकासका क्रममा विकसित परिपूर्ण लोकतन्त्रको नवीन मान्यता

    ४. असंलग्नता र पञ्चशीलको सिद्धान्तमा आधारित नेपालको हित केन्द्रित सन्तुलित परराष्ट्र नीति

    ५. जबजको सिद्धान्तमा आधारित पार्टी जीवनको लोकतान्त्रिकरणको नयाँ मान्यता

    ६. जनतासँगको घनिष्ठ सम्बन्धमा आधारित जीवनशैली र आचरणको गौरवपूर्ण परम्परा

    ७. प्रतिस्पर्धा, पहलकदमी र श्रेष्ठताको मान्यतामा आधारित समाजवाद निर्माणको नेपाली मार्गचित्र

    images
    images

    प्रकाशित :जेठ २२, २०८२ बुधवार - १२:३१:३८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij