• मंगलवार, कार्तिक १८ गते २०८३

TRENDING :

Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते


गृहमन्त्री लेखकबारे गगन थापा– उहाँ बेदाग हुनुहुन्छ भन्ने विश्वास छ

गृहमन्त्री लेखकबारे गगन थापा– उहाँ बेदाग हुनुहुन्छ भन्ने विश्वास छ

images

प्रभाव न्यूज

१५ जेठ २०८२
  • 6.6K
    SHARES
  • images
    गृहमन्त्री लेखकबारे गगन थापा– उहाँ बेदाग हुनुहुन्छ भन्ने विश्वास छ
    फाइल तस्बिर
    images
    images
    images

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरणको दुरुपयोगबारे गृहमन्त्री लेखकबारे बोलेका छन् ।

    images

    नेपाली कांग्रेस धरान उपमहानगरपालिको सम्मेलनमा बुधबार थापाले अनुसन्धानको दायरामा नआएसम्म प्रशासनिक र राजनीतिक नेतृत्वलाई जिम्मेवार ठहर्याउनु उपयुक्त नहुने बताएका हुन् ।

    अहिलेसम्म प्राप्त जिम्मेवारी कुशलतापूर्वक निभाएको भन्दै थापाले गृहमन्त्री लेखक बेदाग हुनुहुन्छ भन्ने विश्वास रहेको बताए ।अध्यागमन विभाग गृह मन्त्रालयअन्तर्गतको निकाय भएकोले यो विषयमा गृहमन्त्री रमेश लेखकको नाम पनि जोडेर चर्चा–परिचर्चा भइरहेको भन्दै थापाले उनी बेदाग रहेको विश्वास आफूहरूलाई भएको बताए । 

    ‘राज्यको जिम्मेवारीमा रहेका अधिकारी तथा निकायहरूबाट अख्तियारको दुरुपयोग गरी भिजिट भिसाका नाममा सयौं नेपाली नागरिक ठगिएका, शोषणमा परेका सन्दर्भमा सार्वजनिक भइरहेका प्रकरणहरूले यो विषय कुन हदसम्म विकराल रहेछ र यसको जालो कहाँसम्म फैलिएको रहेछ भन्ने तथ्यले हामी सबैलाई स्तब्ध बनाएको छ,’ थापाले लेखकबारे भनेका छन्, ‘माननीय रमेश लेखकले विगतमा प्राप्त जिम्मेवारीहरू जसरी इमान्दारिता र कुशलतापूर्वक निर्वाह गर्दै आउनुभएको छ, गृहमन्त्रीको जिम्मेवारी पनि त्यसरी नै निर्वाह गरिरहनुभएको छ र अहिले उहाँमाथि उठेका प्रश्नहरूमा पनि बेदाग हुनुहुन्छ भन्ने हाम्रो पूर्ण विश्वास हो । तर हामीलाई थाहा छ (कानूनी राज्यमा कसैको विश्वास वा आग्रहभन्दा माथि तथ्य र प्रमाण हुन्छ ।’

    images

    नागरिक सुरक्षा र संरक्षणको जिम्मेवारी लिएका राज्यका अधिकारीहरूकै मिलेमतोमा भएका यी हर्कतहरू गैरकानूनी र अमानवीय भएको उनले बताए ।

    images

    images
    images

    प्रकाशित :जेठ १५, २०८२ बुधवार - १७:४३:१३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij