• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


जगमानलाई ओलीले भने– मेरो कुण्डली हेर्नुहोस् अनि थाहा हुन्छ, राजतन्त्र फर्किँदैन

जगमानलाई ओलीले भने– मेरो कुण्डली हेर्नुहोस् अनि थाहा हुन्छ, राजतन्त्र फर्किँदैन

images

प्रभाव न्यूज

१० जेठ २०८२
  • 9.6K
    SHARES
  • images
    जगमानलाई ओलीले भने– मेरो कुण्डली हेर्नुहोस् अनि थाहा हुन्छ, राजतन्त्र फर्किँदैन
    images
    images
    images

    पोखरा –पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेपछि फेरि राजा बनाउन कस्सिएका प्रा.डा. जगमान गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कुण्डली हेर्न आग्रह गरेका छन् । जेठ १५ गते राजावादीहरूले फेरि राजा फर्काउने अभियान थाल्दै छन् । सोही विषयमा बोल्दै प्रधानमन्त्री ओलीले राजतन्त्रबारे टिप्पणी गरेका हुन् । उनले ज्ञानेन्द्रलाई घरमै सिंहासन बनाएर राख्न भन्दै व्यंग्य गरेका छन् ।

    images

    “अब देशमा यही आउने १५ गते राजालाई सिंहासनमा राख्छन् रे, घरैमा सिंहासन बनाएर राखे भो । देशको राजसिंहासन त गयो, गइसक्यो । देशको राजसिंहासनको कल्पना, कस्तो दिमाग होला भनेको ?” प्रधानमन्त्री ओलीले भने ।

    राष्ट्रिय युवा संघ नेपालको १०औँ अधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले राजतन्त्र ल्याउँछु भन्नेहरूलाई सपना देखेको बताए । आफूहरू हुँदाहुँदै राजतन्त्रको सपना देखेको भन्दै उनले व्यंग्य गरे ।

    पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेपछि फेरि राजा बनाउन कस्सिएका प्रा.डा. जगमान गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कुण्डली हेर्न आग्रह गरेका छन् । जेठ १५ गते राजावादीहरूले फेरि राजा फर्काउने अभियान थाल्दै छन् । सोही विषयमा बोल्दै प्रधानमन्त्री ओलीले राजतन्त्रबारे टिप्पणी गरेका हुन् । उनले ज्ञानेन्द्रलाई घरमै सिंहासन बनाएर राख्न भन्दै व्यंग्य गरेका छन् ।

    images

    “अब देशमा यही आउने १५ गते राजालाई सिंहासनमा राख्छन् रे, घरैमा सिंहासन बनाएर राखे भो । देशको राजसिंहासन त गयो, गइसक्यो । देशको राजसिंहासनको कल्पना, कस्तो दिमाग होला भनेको ?” प्रधानमन्त्री ओलीले भने ।

    images

    राष्ट्रिय युवा संघ नेपालको १०औँ अधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले राजतन्त्र ल्याउँछु भन्नेहरूलाई सपना देखेको बताए । आफूहरू हुँदाहुँदै राजतन्त्रको सपना देखेको भन्दै उनले व्यंग्य गरे ।

     

    “नेपाली जनताले उल्टाएर राजतन्त्र फालिसके, कहाँ हराइसक्यो, संविधान अर्को बनिसक्यो, संसद् छ, राष्ट्रपति छ, न्यायालय छ, लोकतान्त्रिक व्यवस्था छ र हामी छौँ । जसले जथाभावी जसलाई पायो त्यसलाई समात्दै पछार्दै मार्दै, खाँदै गरेको राजतन्त्रलाई खोरमा हालेर खोरबाट पनि निकालेर मुन्ट्याएर फ्याँकिदिएका छौँ । हामी छँदैछौँ यस देशमा, फेरि राजतन्त्र ल्याउँछु भन्ने सपना देखिरहेका छन्,” ओलीले भने ।

    राजतन्त्र आउने नदेखेरै उनीहरूले मिति सारेको र जेठ १५ गते अर्को मिति तोक्ने बताए । “१५ गते ल्याउने रे, कस्ता सपना देख्छन् उनीहरू । जेठ १५ गतेपछि अरु १५ गते भन्छन् फेरि । अस्तिनै वैशाख ११ गते ल्याउँछौँ भने । वैशाख ११ गते युवाहरूले महोत्सव आयोजना गरे । राजाले घुँडा टेकेको दिन वैशाख ११ गते, जनताका बलजफ्ती असंवैधानिक तरिकाले खोसिएका अधिकार फिर्ता लिएको दिन, संविधानमा बस्छु भनेर संसद् पुनस्र्थापना गरेर कायलनामा गरेको दिनलाई युवाहरूले उत्सवको रूपमा मनाए, अनि उनीहरूले जेठ १५ गते सारे,” प्रधानमन्त्री ओलीले भने ।

    राजतन्त्रकै कुरा आउँदा ओलीले जगमान गुरुङलाई पनि व्यंग्य गरे । आफैँले प्रज्ञा प्रतिष्ठानमा कुलपति बनाएको र ज्योतिषीको पनि काम गर्ने हुँदा आफ्नो पनि कुण्डली हेर्न आग्रह गरे । “मैले पनि गुरुजी, गुरुजी भनेका प्रज्ञा प्रतिष्ठानका उपकुलपति बनाएका, गुरुङजी ज्योतिष हेर्नुहुन्थ्यो । ज्ञानेन्द्रको कुण्डली हेर्नुभयो रे उहाँले, राजा भइहाल्ने देख्नुभयो रे,” उनले भने, “उहाँलाई म मेरो कुण्डली पठाइदिन्छु, मेरो पनि एकपटक कुण्डली हेर्नुहोस् अनि थाहा हुन्छ । एउटाको कुण्डली हेरेर हुन्छ, अरुको पनि हेर्नुहोस्, हाम्रै कुण्डली हेर्नुहोस्, जनताको कुण्डली हेर्नुहोस् के भन्छ । जनताको कुण्डलीले भन्छ, कुनै राजतन्त्र, साजतन्त्र फर्किँदैन, प्रतिगमन यस देशमा हुन सक्दैन ।”

    राजावादीको आन्दोलनलाई उनले भ्यागुता कराएको संज्ञा दिए । “भदौ लागेपछि भ्यागुता ट्वारट्वार गर्छ, भदौ सकिएपछि ट्वारट्वार पनि सकिन्छ । भ्रममा पर्ने आवश्यकता छैन, यी ट्वार्ट्वार, ट्यारट्यार अलिक समयपछि समाप्त हुन्छ,” उनले भने ।

    ज्ञानेन्द्रले तीन वर्ष शासन सम्हाल्दा देशको अवस्था कानमा पसेको कन्सुत्लोको जस्तो बनेको उनले बताए । “हामीले अढाई सय वर्ष राजतन्त्र देख्या भयो, त्यो समय केके भयो म त्यता जान चाहन्नँ । दरबार हत्याकाण्डपछि हामीले लखेटैकै पूर्वराजा भनिएका, भवितव्यले राजा भएका ज्ञानेन्द्र शाहले गरेको काम पनि हामीले देखेका छौँ । तीन वर्ष शासन हातमा पार्दा, कानमा घुसेको कन्सुत्लोजस्तो उफ्रेको उफ्र्यै, चिथोरेको चिथोरेइ,” उनले भने ।

    ज्ञानेन्द्रकै कदमका कारण जनता सडकमा आएको र उनलाई घुँडा टेकाएको ओलीले बताए । “त्यस्तो पीडादायक समय, जसले गर्दा जनता उठ्नुपर्‍यो, १९ दिनपछि हतियारधारी राजालाई घुँडा टेकायो । फेरि पनि कुनै किसिमका जनविरोधी, देशद्रोही क्रियाकलापको चेस्टा हुन्छ भने जनशक्तिले त्यस्ता शक्तिलाई धुलो चटाउनेछ,” उनले भने ।

    प्रधानमन्त्री ओलीले नाम नलिइकिन राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई उत्ताउलो मान्छेको संज्ञा दिए । लिङदेनले नेताहरू भाग्ने स्थिति आउन सक्ने र त्यतिबेला हेलिकोप्टरको सुविधा दिने बताएका थिए ।

    त्यसकै जवाफमा प्रधानमन्त्री ओलीले, “प्रधानमन्त्री भाग्ने तयारी गरुन्, भाग्नको लागि हेलिकोप्टरको सुविधा दिन्छौँ रे, केके सपना देख्न थाले यिनीहरू । कसले बोल्या हो मैले त्यति याद गरिन । तर, एउटा उत्ताउलो मान्छेले बोलेको छ” भन्ने जवाफ फर्काए ।

    उनले एमालेमाथि भइरहेका प्रहारहरू रोक्न तयार रहन पनि निर्देशन दिएका छन् । “प्रतिगमन रोक्न, राष्ट्रिय हितको रक्षा गर्न जनताको हकअधिकारको रक्षा गर्न अग्रभागमा रहने पार्टी भनेको नेकपा एमाले हो । त्यसकारण सबैभन्दा बढी प्रहार भइरहेको छ । साथीहरू यसका निम्ति आफ्नो ठाउँमा स्पष्ट र तयार रहनुहोला,” उनले भने । उनले सर्वसम्मतिले नेतृत्व चयन गर्न आग्रह गरे । 

    images
    images

    प्रकाशित :जेठ १०, २०८२ शुक्रवार - १८:४८:२९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij