• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन सक्दैनौं भने राजनीति गरेको के अर्थ? -बाबुराम भट्टराई

आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन सक्दैनौं भने राजनीति गरेको के अर्थ? -बाबुराम भट्टराई

images

प्रभाव न्यूज

१ जेठ २०८२
  • 11.3K
    SHARES
  • images
    आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन सक्दैनौं भने राजनीति गरेको के अर्थ? -बाबुराम भट्टराई
    images
    images
    images

    नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले छोराछोरीहरूलाई मुलुकमै सपना देखाउन नसके राजनीति गरेको अर्थ नहुने बताएका छन्।

    images

    बुधवार काठमाडौंमा आयोजित संघीयताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले युवाहरूलाई स्वदेशमा टिकाउन गाह्रो भएको बताउँदै आफ्नै छोराछोरीलाई सपना देखाउन नसके राजनीति गरेको र मन्त्री भएको औचित्य नहुने बताएका हुन्।

    'तपाईं हाम्रा छोराछोरी वाक्क दिक्क भएर देशमा टिकाउन गाह्रो भएको छ। आफ्नै छोराछोरीलाई सपना देखाउन सक्दैनौं भने तपाईँ हामीले राजनीति गरेर, मन्त्री भएको के अर्थ रहन्छ ? यो देशलाई हामीले ठिक ढङ्गले बुझाउन सकेनौं,' उनले भने।

    अध्यक्ष भट्टराईले देशको औचित्य, महत्व र गरिमा बुझाउन नसकिएको पनि बताए।

    images

    'यो देश बन्छ, हामी भन्दा कमजोर देशहरूले विकास र प्रगति गरेका छन्। हाम्रो नी गर्न सकिन्छ भन्ने सपना देखाएर त्यसलाई विपनामा परिणत गर्ने संकल्प गरौं,' उनले भने।

    images

    भट्टराईले संघीयतालाई जति बलियो बनायो लोकतन्त्र उति नै बलियो हुने र देश समृद्ध बन्ने बताए।-न्युज एजेन्सी नेपाल

    images
    images

    प्रकाशित :जेठ १, २०८२ बुधवार - २१:५३:२१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij