• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


बिहान खाली पेटमा चिया पिउँदा होलान् यस्ता समस्या

बिहान खाली पेटमा चिया पिउँदा होलान् यस्ता समस्या

images

प्रभाव न्यूज

१५ माघ २०८१
  • 5.4K
    SHARES
  • images
    बिहान खाली पेटमा चिया पिउँदा होलान् यस्ता समस्या
    images
    images
    images

    हामीमध्ये धेरैको बानी हुन्छ, बिहान उठ्ने बित्तिकै खाली पेटमा चिया पिउने । अधिकांश मानिसहरूले आफ्नो बिहान चियाबाट सुरु गर्छन् । खाली पेटमा चिया पिउनु स्वास्थ्यको लागि हानिकारक छ भनेर त हामी सुनिरहेका हुन्छौँ । तर पनि मानिसहरू चियालाई बेवास्ता गर्न सक्दैन ।

    images

    आजको यस लेखमा हामीहरू बिहान खाली पेटमा चिया खाँदा हुने केही समस्याबारे कुराकानी गर्नेछौँ । जुन यस प्रकार रहेका छन्ः 

    एसिडिटी र ग्यासको समस्या
    खाली पेटमा चिया पिउँदा पेटमा एसिडको स्तर बढ्छ, जसले गर्दा एसिडिटी र ग्यासको समस्या हुन सक्छ । चियामा पाइने क्याफिनले पेटको अम्लता बढाएर ग्यास्ट्रिक जलन निम्त्याउँछ । 

    पाचन प्रणालीमा नराम्रो प्रभाव
    चियामा ट्यानिन नामक तत्व हुन्छ, जसले खाली पेटमा पाचन प्रणालीलाई हानि पुर्‍याउन सक्छ । यो तत्त्वले पेटको भित्तालाई क्षति पुर्‍याएर पाचनलाई बाधा पुछाउँछ । 

    images

    रगतमा चिनीको मात्रामा असन्तुलन

    images

    खाली पेटमा चिया पिउँदा रगतमा चिनीको मात्रा अचानक बढ्न वा घट्न सक्छ, जुन मधुमेहका बिरामीहरूका लागि खतरनाक हुन सक्छ ।

    हर्मोनल असन्तुलन

    क्याफिनले हार्मोनल सन्तुलन बिगार्न सक्छ । यो समस्या विशेषगरी महिलाहरूमा बढी देखिन्छ । खाली पेटमा चिया पिउँदा महिनावारी सम्बन्धी समस्या र थाइराइडको जोखिम बढ्न सक्छ । 

    डिहाइड्रेसन

    चियामा ड्यरेटिक गुण हुन्छ, जसले शरीरबाट पानीको मात्रा कम गर्न सक्छ । बिहान खाली पेटमा चिया पिउँदा डिहाइड्रेसन हुन सक्छ ।

    सास गन्हाउने र दाँतको समस्या

    खाली पेटमा चिया पिउँदा मुखमा एसिड बढ्न सक्छ, जसले गर्दा सास गन्हाउने र दाँतमा प्लाक बन्ने हुन्छ । यसले दाँत किरा लाग्ने र गिजाको समस्या पनि निम्त्याउन सक्छ ।

    निद्रा र मानसिक स्वास्थ्यमा प्रभाव

    खाली पेटमा चिया पिउँदा शरीरमा क्याफिनको स्तर बढ्छ, जसले अनिद्रा, बेचैनी र मानसिक तनाव निम्त्याउन सक्छ । त्यसैले, आजदेखि खाली पेटमा चिया नपिउनुहोस् । 

    त्यो भए के बिहान उठ्ने बित्तिकै के खाने त ? 

    बिहान उठ्ने बित्तिकै, पहिले मनतातो पानी वा कागती पानी पिउनुहोस् । चिया पिउनु आवश्यक छ भने, चियासँगै  बिस्कुट वा ड्राई फ्रुट्स जस्ता हल्का केही खानेकुरा पनि खानुहोस् । हर्बल चिया वा हरियो चियालाई प्राथमिकता दिनुहोस् । यी दुबै पेटका लागि हल्का हुन्छन् । -एजेन्सी

    images
    images

    प्रकाशित :माघ १५, २०८१ मंगलवार - ०९:२०:३०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij