• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


दिक्तेल बोर्डिङ स्कुलले पायो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि

दिक्तेल बोर्डिङ स्कुलले पायो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि

images

प्रभाव न्यूज

१४ माघ २०८१
  • 4.9K
    SHARES
  • images
    दिक्तेल बोर्डिङ स्कुलले पायो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि
    images
    images
    images

    खोटाङ - दिक्तेल रुपाकोट मझुवागढी नगरपािलकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिक्तेल ईङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलले जितेको छ ।

    images

    नगरपालिकाभित्र सञ्चालित २४ वटा माध्यमिक विद्यालय सहभागी प्रतियोगितामा १८ स्वर्ण, १८ रजत र १९ कास्य पदकसहित दिक्तेल बोर्डिङ स्कूल दिक्तेलले उपाधि जितेको हो ।

    जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय दिक्तेल द्वितीय भएको छ । उसले दश स्वर्ण, दश रजत र ११ कास्य पदकसहित द्धितीय स्थान प्राप्त गरेको हो ।

    चार दिनसम्म सञ्चालन गरिएको प्रतियोगितामा नौँ स्वर्ण, छ रजत र पाँच कास्य पदक सहित जनजागृति आवासीय विद्यालय सोल्मा तृतीय तथा पाँच स्वर्ण, चार रजत र दुई कास्य पदकसहित श्री माध्यमिक विद्यालय बाँसबोटे लफ्याङ चौथो भएको छ ।

    images

    भलिबल, एथलेटिक्स, कबड्डी, सितोरियो कराँते र तेक्वान्दोगरि पाँच विद्या तथा ४९ इभेन्टमा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा माउन्ट एभरेष्ट बोर्डिङ स्कूल दिक्तेलले तीन स्वर्ण, एक रजत र सात कास्य पदकसहित पाँचौँ स्थान हाँसिल गरेको छ ।

    images

    नगरपािकाको आयोजना तथा जनजागृति आवासीय माध्यमिक विद्यालय सोल्माको सहआयोजनामा सञ्चालित प्रतियोगितामा ५४ स्वर्ण, ५४ रजत र ७८ कास्य पदकका लागि प्रतिस्पर्धा गरिएको थियो ।

    प्रतियोगितामा ६३२ जना विद्यार्थीले सहभागिता जनाएको सहआयोजक जनजागृति आवासीय माध्यमिक विद्यालय सोल्माका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सूर्यबहादुर राईले जानकारी दिनुभयो ।

    प्रतियोगिताको उपाधि जित्न सफल विद्यालयलाई नगद रु २१ हजार १११ को साथमा रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ ।

    प्रतियोगिताका उपविजेता तथा विद्यागत प्रतियोगिताका विजयी विद्यालयले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका उपाधि विजेता विद्यालय तथा खेलाडीलाई समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पुरस्कार प्रदान गर्नुभएको छ ।

    प्रतियोगिताको औपचारिक उद्घाटन यही माघ–११ गते कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ले ब्यानरसहितको बेलुन उडाएर गर्नुभएको थियो ।

    तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनका लागि नगरपालिकाले रु दश लाख उपलब्ध गराएको नगरपालिकाका कर्मचारी सुवासचन्द्र राईले जानकारी दिनुभएको छ ।

    प्रतियोगितामा सहभागी सबै विद्यालयलाई खेल सामग्री तथा यातायात भाडा बापतको रकम उपलब्ध गराइएको आयोजकले जनाएको छ ।

    प्रतियोगिता उद्घाटन तथा समापन कार्यक्रममा विभिन्न जातजातिको साँस्कृतिक झाँकी तथा खेल कौशल प्रस्तुत गरिएको थियो ।

    माटीकोरे खेलमैदानमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा खेलकुद महोत्सवको झल्को दिएको थियो ।

    अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजयी विद्यार्थीले नवौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

    जिल्लास्तरीय प्रतियोगितामा विजयी विद्यार्थीले प्रदेश तथा राष्ट्रियस्तरको १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

    नवौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि जिल्लाका दशवटै स्थानीय तहले धमाधम पालिकास्तरीय प्रतियोगिता सञ्चालन गरिरहेका छन् ।

    जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालन हुने नवौँ जिल्लास्तरीय प्रतियोगिताको मिति भने,

    images
    images

    प्रकाशित :माघ १४, २०८१ सोमवार - २०:२२:३१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij