• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


भर्खरै : खोटाङमा पूनः ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२ पुग्यो

भर्खरै : खोटाङमा पूनः ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२ पुग्यो

images

प्रभाव न्यूज

२४ बैशाख २०७८
  • 15.6K
    SHARES
  • images
    भर्खरै  : खोटाङमा पूनः ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२ पुग्यो
    images
    images
    images

     

    images

    खोटाङ - खोटाङमा एकै दिन १० जनालाई कोरोना संक्रमण पूष्टी भएको छ । साकेला गाउँपालिकाका ६ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४ जनालाई कोरोना संक्रमण पूष्टी भएको हो ।

    कोभिड–१९ को संक्रमण पूष्टी भएका साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका खत्री थरका ५३ वर्षीय र रोका थरका २० वर्षीय पुरुषको प्रत्यक्ष सम्पर्कमा पुगेको कन्ट्याक्ट ट्रेसिङका आधारमा ६० जनाको स्वाव पिसिआर परिक्षणमा पठाइएकामा चार महिला र दुई पुरुषलाई संक्रमण पूष्टी भएको हो ।

    साकेला गाउँपालिका–५ मात्तिमका ढकाल थरका ५२ वर्षीय महिला, साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका बस्नेत थरका २० वर्षीय महिला, बस्नेत थरकै १७ वर्षीय महिला, राई थरका ३५ वर्षीय पुरुष, साकेला गाउँपालिका–२ रतन्छाका खत्री थरका १९ वर्षका पुरुष र बिष्ट थरका २५ वर्षीय महिलालाई संक्रमण पूष्टी भएको प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए ।

    images

    जिल्ला भित्रिनेक्रममा संक्रमितसँगै यात्रा गरेका, गाउँमा भेटघाट भएका र सम्पर्कमा पुगेका व्यक्तीको पिसिआर परिक्षणका लागि संकलन गरिएको ६० जनाको नमूना बुधबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएकामा शुक्रबार ६ जनाको रिपोर्ट पोजिटिभ आएको हो । यससँगै साकेलामा संक्रमितको संख्या ८ पुगेको छ ।

    images

    यसअघि ९ जनालाई संक्रमण पूष्टी भइसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बिहिबार पाँच जनाको एन्टीजेन परिक्षण गर्दा चार जनालाई कोभिड–१९ संक्रमण पूष्टी भएको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका ३६ वर्षका पुरुष, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १८ वर्षका पुरुष, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ३८ वर्षीय महिला र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३२ वर्षीय पुरुषलाई कोरोना संक्रमण पूष्टी भएको कोभिड फोकल पर्सन एवं स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत आनन्द लामीछानेले बताए ।

    यससँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा संक्रमितको संख्या १३ पुगेको छ । जिल्लाभर कोरोनाबाट संक्रमितको संख्या भने २२ पुगेको छ ।

     

    images
    images

    प्रकाशित :बैशाख २४, २०७८ शुक्रवार - २१:१२:४८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij