• मंगलवार, कार्तिक १८ गते २०८३

TRENDING :

Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते


बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य

बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य

images

प्रभाव न्यूज

६ भाद्र २०८१
  • 4.9K
    SHARES
  • images
    बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य
    images
    images
    images

    कैलाली– कैलालीको चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन् ।

    images

    वर्षायाममा उनीहरू जोखिमपूर्ण यात्रा गरेर जगातिस्थित समैजी आधारभूत विद्यालय जान बाध्य छन् ।

    कालेखोलामा पुल नहुँदा पानी परेका बेला तुडेपानी र बार्जुगडाका विद्यार्थीलाई अभिभावकले प्रत्येक बिहान र दिउँसो स्कुल लैजाने र ल्याउने गर्दै आएका छन् । विद्यार्थीले निथ्रुक्क भिजेर कक्षामा बस्नुपर्ने दयनीय अवस्था रहेको शिक्षक मदन विकले बताए । उ

    नले भने, ‘कालेखोलामा पुल नहुँदा यस्तो बाध्यता परेको हो। ठूलो पानी पर्नेबित्तिकै केटाकेटी स्कुल नै आउँदैनन् ।’

    images

    गाउँलेहरूले वर्षौँदेखि कालेखोलामा झोलुङ्गे पुलको माग गर्दै स्थानीय तह, जिल्ला र प्रदेशका कार्यालय अनुरोध गरेको भएपनि त्यसको सुनुवाइ नभएको स्थानीय हेमबहादुर विष्टले बताए ।

    images

    चुरे–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरले वडालाई प्राप्त हुने सीमित बजेटले सडक, पुल तथा तटबन्ध निर्माण गर्न नसकिएको बताए ।

    images
    images

    प्रकाशित :भाद्र ६, २०८१ बिहिवार - ०९:२७:०७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij