• बुधवार, कार्तिक १९ गते २०८३

TRENDING :

Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते


करेन्टले खोटाङमा एक बालकको लियो ज्यान

करेन्टले खोटाङमा एक बालकको लियो ज्यान

images

प्रभाव न्यूज

२२ बैशाख २०७८
  • 24.6K
    SHARES
  • images
    करेन्टले खोटाङमा एक बालकको लियो ज्यान
    images
    images
    images

    खोटाङ -  विद्युतको पोलबाट करेन्ट लाग्दा खोटाङमा एक बालकको मृत्यु भएको छ । माटी फुटेर पोलमा प्रवाह भएको करेन्ट लाग्दा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका १० वर्षीय बालक टिकीहाङ राईको मृत्यु भएको हो।

    images

    हाइटेन्सनलाईनको तारले पोललाई छोएपछि पोलमा प्रवाह भइरहेको करेन्ट लाग्दा बुधबार बिहान बालकको घट्नास्थलमै मृत्यु भएको हो। कात्तिकेस्थित फुपुको घर जानेक्रममा साविकको धितुङ–३ र धितुङ–४ को बिचमा पर्ने भँगेरी जंगलमा सडकको डिलमा रहेको पोलमा लिक भएको करेन्टले बालकको ज्यान लिएको वडाध्यक्ष पृथ्बीराज राईले बताए।

    टिकीहाङलाई करेन्ट लागेपछि उनीसँगै रहेका अर्का बालकले परिवारलाई खबर गरेका थिए। बालक बुलापन्थे माबिमा कक्षा ४ मा अध्ययनरत थिए। काठ्माण्डौंमा रहेका उनी गत वर्षको लकडाउनमा गाउँ आएर बुलापन्थे माबिमा भर्ना भएका थिए।

    मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ।

    images

    images
    images

    प्रकाशित :बैशाख २२, २०७८ बुधवार - १४:३२:३२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij