• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङमा दुई जनालाई कोरोना संक्रमण पूष्टी भएपछि वडा सिल

खोटाङमा दुई जनालाई कोरोना संक्रमण पूष्टी भएपछि वडा सिल

images

प्रभाव न्यूज

२० बैशाख २०७८
  • 20.5K
    SHARES
  • images
    खोटाङमा दुई जनालाई कोरोना संक्रमण पूष्टी भएपछि वडा सिल
    images
    images
    images

    खोटाङ- एकै साथ दुई जनालाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पूष्टी भएपछि खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडालाई शिल गरिएको छ । ५३ वर्षका खत्री थरका र २० वर्षका रोका थरका पुरुषलाई कोभिड–१९ को संक्रमण पूष्टी भएपछि सोमबार वडालाई शिल गरिएको हो । संक्रमितसँगको सम्पर्कमा पुगेका व्यक्तीको कन्ट्याक्ट ट्रोसिङ सुरु गरिएको र कन्ट्याक्ट ट्रोसिङमा परेका व्यक्तीको पिसिआर परिक्षणको रिपोर्ट नआएसम्मका लागि वडालाई सिल गरिएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए । कोरोना संक्रमित फेला परेसँगै वडा कार्यालयभित्र प्रवेश गर्न र वडाको क्षेत्रभन्दा बाहिर जान रोक लगाइएको छ । यस्तै, वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा पनि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए । गाउँपालिकाभित्रका २६ जनाको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेर शनिबार प्रादेशिक जनस्वास्थ्य कार्यालय बिराटनगर पठाएकामा सोमबार दुई जनाको पोजिटिभ रिपोर्ट आएको हो । काठ्माण्डौंमा अध्ययनरत रोका बैसाख १५ गते र खत्री चितवनबाट बैसाख १६ गते घर आएका हुन् । उनीहरु दिक्तेलबजार हुँदै घर पुगेको खुलेको छ । हाल उनीहरुको कन्ट्याक्ट ट्रेसिङका काम भइरहेको छ । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । हाल होम आइसोलेसनमा बसिरहेका संक्रमितलाई मंगलबार बिहान साकेला गाउँपालिका–२ रतन्छास्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा लगेर राख्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए । खोटाङका १० स्थानीय तहमध्ये साकेला गाउँपालिकाले मात्र स्थानीयको पिसिआर परिक्षणमा तत्परता देखाएको हो । हालसम्म अन्य स्थानीय तहले भने शंकास्पद व्यक्तीको पिसिआर परिक्षणमा ध्यान पु¥याउन सकेको छैन ।

    images

    images
    images

    प्रकाशित :बैशाख २०, २०७८ सोमवार - २२:१५:२१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij