खोटाङ - खोटाङका थप एक जनालाई कोभिड–१९ को संक्रमण पूष्टी भएको छ। प्रदेश नम्बर १ मा आइतबार ४१७ जनालाई कोरोना संक्रमण पूष्टी हुँदा हलेसी तुवाचुङ नगरपालिकाका एक जनालाई संक्रमण पूष्टी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयले संक्रमितको नाम र ठेगाना खुलाएको छैन। हलेसी तुवाचुङ नगरपालिका ठेगाना भइ हाल तराईमा बसोबास गरिरहेका व्यक्तीलाई कोरोना संक्रमण भएको पूष्टी अनुमान गरिएको छ ।
आइतबार ९ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा मोरङका २४२, सुनसरीका ६९, झापाका ४४, ते¥हथुमका ५, संखुवासभाका ४, उदयपुरका ३, इलामका २, धनकुटाका १ जना र प्रदेश नम्बर १ बाहिरका ४६ जनालाई संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यससँगै प्रदेश नम्बर १ मा कोरोना संक्रमितको संख्या ३३ हजार ३३४ पुगेको छ ।
संक्रमित भएकामध्ये ३० हजार ६५ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २ हजार ७६९ पुगेको मन्त्रालयले जनाएको छ ।
यसअघि गत बैसाख १२ गते र बैसाख ७ गते पनि जिल्ला बाहिर बसोबास गरिरहेका खोटेहाङ गाउँपालिकाका एक-एक जनालाई कोरोना संक्रमण भएको पूष्टी भएको थियो ।