• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


पत्रकार तथा सञ्चार माध्यमलाई पत्रकार महासंघको मास्क र सेनीटाइजर

पत्रकार तथा सञ्चार माध्यमलाई पत्रकार महासंघको मास्क र सेनीटाइजर

images

प्रभाव न्यूज

१८ बैशाख २०७८
  • 14.1K
    SHARES
  • images
    पत्रकार तथा सञ्चार माध्यमलाई पत्रकार महासंघको मास्क र सेनीटाइजर
    images
    images
    images

    खोटाङ - नेपाल पत्रकार महासंघ शाखा खोटाङले पत्रकार तथा सञ्चार माध्यमलाई मास्क र सेनीटाइजर वितरण गरेको छ ।

    images

    महासंघले कोभिड–१९ को महामारीका क्रममा जोखिम मोलेर समाचार सम्प्रेषण गरिरहेका जिल्लाका पत्रकार तथा सञ्चार माध्यमलाई मास्क तथा सेनीटाइजर वितरण गरेको हो ।

    शनिबार खोटाङखबर साप्ताहिकको कार्यालयमा पत्रकार महासंघका अध्यक्ष दिलीप खत्री, सम्पादक समाजका अध्यक्ष कृष्ण आचार्य लगायतले पत्रकार तथा सञ्चार माध्यमलाई स्वास्थ्य सरसफाईका सामग्री हस्तान्तरण गरेका छन् । दिनानुदिन रिपोर्टिङमा हिँडिरहनु पर्ने पत्रकारको स्वास्थ्य सुरक्षाकालागि मास्क र सेनीटाइजर प्रदान गरिएको महासंघका अध्यक्ष खत्रीले बताए ।

    महासंघले जिल्ला स्वास्थ्य कार्यालयले उपलव्ध गराएको चार बोत्तल सेनीटाइन र तीन सय थान मास्क पत्रकार तथा सञ्चार माध्यमलाई वितरण गरेको जनाएको छ । यसैबीच, नेपाल पत्रकार महासंघले दिक्तेलबजारमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

    images

    कृषिविज्ञ मदन राईले निःशुल्क जग्गा उपलव्ध गराएको रत्नपार्कस्थित जग्गामा कच्ची भवन भए पनि सहजताका लागि खोटाङखबर साप्ताहिक र हिमाल एफएमको सम्पर्क कार्यालयमुनि महासंघको सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

    images

    महासंघको सम्पर्क कार्यालय सम्पादक समाजका अध्यक्ष कृष्ण आचार्यले बोर्ड राखेर स्थापना सुरुवात गरेका हुन् ।

    images
    images

    प्रकाशित :बैशाख १८, २०७८ शनिवार - १६:११:१२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij