• मंगलवार, कार्तिक १८ गते २०८३

TRENDING :

Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते


खोटाङबाट कांग्रेसका ६ हजार बढी क्रियाशिल पार्टीको वेबसाइटमा अपलोड

खोटाङबाट कांग्रेसका ६ हजार बढी क्रियाशिल पार्टीको वेबसाइटमा अपलोड

images

प्रभाव न्यूज

१६ बैशाख २०७८
  • 23.4K
    SHARES
  • images
    खोटाङबाट कांग्रेसका ६ हजार बढी क्रियाशिल पार्टीको वेबसाइटमा अपलोड
    images
    images
    images

    खोटाङ- नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि खोटाङ जिल्लाबाट ६ हजार ७३५ को क्रियाशिल पार्टीको वेबसाइटमा अपलोड गरिएको छ।

    images

    एक निर्वाचन क्षेत्र र दुई प्रदेश क्षेत्र रहेको जिल्लाबाट १३ औं महाधिवेशन भन्दा १४ औं महाधिवेशनका लागि क्रियाशिल भर्नेको संख्या दोव्वर भएको कांग्रेसले जनाएको छ।

    खोटाङ प्रदेश (क) बाट नयाँ तर्फ १८५० र नविकरण १३१६ जनाको क्रियाशिल पार्टीको वेबसाइटमा अपलोड गरिएको क्षेत्रीय सभापति इवन राईले जानकारी दिनुभयो।

    प्रदेश (ख) बाट नयाँ तर्फ १९७८ र नविकरण १५९१ जनाको क्रियाशिल पार्टीको वेबसाइटमा अपलोड गरिएको क्षेत्रीय सभापति तीर्थराज भट्टराईले जानकारी दिनुभयो।

    images

    एक निर्वाचन क्षेत्र र दुई प्रदेश क्षेत्र रहेको जिल्लामा कांग्रेसका कार्यकर्ताले उत्साहका साथ क्रियाशिल सदस्यता फारम भरेको कांग्रेसले दावी गरेको छ। काँग्रेस केन्द्रीय कार्यसमितिको वैशाख ६ गते बसेको बैठकले अन्तिम पटकका लागि जिल्ला कार्य समितिहरूले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि वैशाख १५ गतेसम्म निर्धारण गरेको थियो।

    images

    काँग्रेसको विधान, नवौं संशोधन (विसं २०७५ फागुन १२ गते) मा साधारण सदस्य र क्रियाशील सदस्य गरी दुई किसिमका सदस्यताको व्यवस्था गरिएको छ। काँग्रेसको सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि क्रियाशील सदस्यता प्राप्तिका लागि तोकिए बमोजिमको आवेदन फाराम भरी आफ्नो सदस्यता भएको पार्टी वडा कार्यसमितिको कार्यालयमार्फत तोकिए बमोजिमको शुल्कसहित आवेदन गर्नसक्ने व्यवस्था छ ।

    काँग्रेसले १४ औँ महाधिवेशनका लागि पार्टीको गाउँ÷नगर वडा अधिवेशन आगामी असार ५ गते, गाउँ/नगरपालिका अधिवेशन असार ७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ३ गते तोकेको छ।

    यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ५ गते, प्रदेश अधिवेशन साउन १२ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण छ ।

    images
    images

    प्रकाशित :बैशाख १६, २०७८ बिहिवार - २१:४४:००

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij