• सोमवार, कार्तिक १७ गते २०८३

TRENDING :

Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते


देउवा पक्षबाट सभापतिको उम्मेदवार म बन्न सक्छु : शशांक

देउवा पक्षबाट सभापतिको उम्मेदवार म बन्न सक्छु : शशांक

images

प्रभाव न्यूज

२१ भाद्र २०८०
  • 10.1K
    SHARES
  • images
    देउवा पक्षबाट सभापतिको उम्मेदवार म बन्न सक्छु : शशांक
    images
    images
    images

    चितवन - नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उनको समूहको सभापतिको उम्मेदवार आफू बन्न सक्ने बताएका छन् ।

    images

    भरतपुर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले यस विषयमा टुंगो भने नलागिसकेको बताए ।

    विमानस्थलमा पत्रकारले पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशांक कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि उनले यो प्रतिक्रिया दिएका हुन् ।

    नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापति देउवाको समूहबाट उम्मेदवार तपाईँ हुने सम्भावना कत्तिको छ ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘सम्भावना छ, किन छैन ? नहुने भन्ने के छ ?’ पार्टीका साथीहरूसँग सल्लाह गरेर मात्रै सभापतिको उम्मेदवारीको विषयमा निर्णय लिने शशांकले बताए ।

    images

    तर, यस विषयमा आफूलाई सभापति देउवाले भने केही नभनेको उनको भनाइ छ । ‘सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरूको विचार यही नै हुन सक्छ ।

    images

    पूर्वदेखि पश्चिमसम्म साथीहरूसँग भेटघाट गरौं, उहाँहरूको विचार सुनौं, अनि मात्रै निर्णय गर्छु ।’ -रासस

    images
    images

    प्रकाशित :भाद्र २१, २०८० बिहिवार - १०:१८:२२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij