• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


यी लक्षणलाई नगर्नुस् बेवास्ता, हुन सक्छ मिर्गौलाको पत्थरी

यी लक्षणलाई नगर्नुस् बेवास्ता, हुन सक्छ मिर्गौलाको पत्थरी

images

प्रभाव न्यूज

१६ भाद्र २०८०
  • 16.2K
    SHARES
  • images
    यी लक्षणलाई नगर्नुस् बेवास्ता, हुन सक्छ मिर्गौलाको पत्थरी
    images
    images
    images

    काठमाडौं— पत्थरीको समस्या गलत खानपिन र कम पानी पिउने बानीले पत्थरी हुन्छ ।

    images

    पत्थरी हुनुअघि शरीरले विभिन्न संकेतहरू दिन थाल्छ । तर मानिसहरू त्यसलाई बेवास्ता गरिबस्छन् ।

    यहाँ हामी केही त्यस्ता संकेतका बारेमा बताउँछौं जसलाई पटक्कै बेवास्ता गर्नुहुँदैन ।पिसाब गर्दा तीव्र पीडा मिर्गौलाको पत्थरीबाट पीडित रोगीले सूसू गर्दा तीव्र पीडा अनुभव गर्छ ।

    पत्थरी मूत्रनली हुँदै मूत्राशयमा पुग्दा यस्तो हुन्छ । यसो भइरहँदा मूत्रमार्गमा संक्रमण पनि हुन सक्छ ।

    images

    आजकल धेरैजनालाई हुने गर्छ । मिर्गौलामा पत्थरी भएपछि असहनीय पीडा हुन्छ ।पिठ्युँ दुख्ने कम्मर र तल्लो भाग दुख्नु पनि मिर्गौलाको पत्थरीको संकेत हो । यो पीडा बिस्तारै पेट र जाँघको बीच भागमा पुग्छ र कठोर पीडा हुन्छ ।

    images

    पिसाबमा रगत पत्थरी लागेको रोगीको पिसाब प्रायः गुलाफी, रातो र खैरो रंगको हुन्छ । पत्थरीका कारण मूत्रनली थुनिएर पिसाब फेर्दा रगत आउँछ । वाकवाक र पेट गडबड पेटमा गडबड भएको अनि बान्ता आउला जस्तो भयो भनेपनि पत्थरीको संकेत हुनसक्छ ।

    यतिखेर बान्ता नै आउन पनि सक्छ । बान्ता भयो भने शरीरभित्रको फोहर बाहिर निस्कन्छ । ज्वरो ज्वरो आउनु र चिसो लाग्नु पनि पत्थरीको संकेत हो ।

    मिर्गौलामा पत्थरी हुँदा शरीरको तापक्रम धेरै बढ्छ र ज्वरो आएको जस्तो हुन्छ । यो लक्षणलाई बेवास्ता नगर्नुस् ।

    अंग फुल्ने पेट वा शरीरका अन्य हिस्साहरू फुलेमा अनि मूत्राशयमा समस्या आएमा पत्थरीको लक्षण हो ।

    images
    images

    प्रकाशित :भाद्र १६, २०८० शनिवार - ०८:१०:१८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij