• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


डेंगु संक्रमितको सख्या २१ हजारभन्दा बढी नाघ्यो

डेंगु संक्रमितको सख्या २१ हजारभन्दा बढी नाघ्यो

images

प्रभाव न्यूज

१५ भाद्र २०८०
  • 8.2K
    SHARES
  • images
    डेंगु संक्रमितको सख्या २१ हजारभन्दा बढी नाघ्यो
    images
    images
    images

    काठमाडौँ । डेंगु संक्रमितको सङ्ख्या बढ्दै गएको छ । डेंगु संक्रमित २१ हजारभन्दा बढी नागेको छ ।

    images

    ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तंथ्यांक अनुसार २१ हजार २०६ जनामा संक्रमण भएको छ ।गएको साढे सात महिनाको अवधिमा ७५ जिल्लामा डेंगु संक्रमणका कारण १३ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।

    सात प्रदेशमध्ये सबैभन्दा धेरै कोशी प्रदेशमात्रै १६ हजार २१६ जनामा संक्रमण पुष्टि भएको छ ।त्यसपछि बागमती प्रदेशमा ३ हजार १४६ जनामा पुष्टि भएको छ भने तेस्रोमा गण्डकी प्रदेशमा ६४८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै, क्रमशः सुदूरपश्चिम प्रदेश ५९८, लुम्बिनी प्रदेश ३६४, मधेस प्रदेशमा १९१ र कर्णाली प्रदेशमा ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

    ईडीसीडीले डेंगु संक्रमित एक सयभन्दा बढी पुष्टि भएका १० जिल्ला छुट्याएको छ । १० जिल्ला मध्ये सबैभन्दा बढी सुनसरी जिल्लामा ११ हजार ६५९ जना संक्रमित भएको महाशाखाले जनाएको छ । दोस्रोमा २२ सय ४२ केस मोरङमा पुष्टि भएको छ ।

    images

    त्यसपछि २ हजार १०१ केश धनगडीमा पुष्टि भएको छ । क्रमशः १३ सय २३ झापा, ४२७ काठमाडौँ, ३३६ धनकुटा, २७२ सङ्खुवासभा, २६० कास्की, १९४ दार्चुला र १७४ जनामा ललितपुरमा पुष्टि भएको ईडीसीडीकोले जनाएको छ ।

    images

    images
    images

    प्रकाशित :भाद्र १५, २०८० शुक्रवार - ०९:५६:२७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij