• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


प्याज काट्दा आँसु किन आउँछ ? आँसु नआउन के गर्ने ?

प्याज काट्दा आँसु किन आउँछ ? आँसु नआउन के गर्ने ?

images

प्रभाव न्यूज

१५ भाद्र २०८०
  • 6.5K
    SHARES
  • images
    प्याज काट्दा आँसु किन आउँछ ? आँसु नआउन के गर्ने ?
    images
    images
    images

    हामी सबैलाई थाहा भएको कुरा हो कि प्याज काट्दा आँसु आउँछ । यसलाई हामीले स्वभाविक मानिरहेका हुन्छौँ । तर के कारणले आउँछ त प्याज काट्दा आँसु ? सायद यसको कारण धेरैलाई थाहा नहुन सक्छ । आज हामी यसैका बारेमा बताउने छौँ ।

    images

    प्याजमा एमिनो एसिड र सल्फेरिक एसिड पाइन्छ । प्याज काट्दा यी दुई एसिड मिश्रण भई सल्फर ग्यास बन्छ र यो ग्यास आँखामा पुग्छ । फलस्वरूप सल्फर एसिड आँखामा पुग्दा आँखा पोल्छ र आँसु आउँछ । प्याजको रागले आँखा एकछिन पोल्छ ।

    तर, त्यसले भित्री असर भने नगर्ने चिकित्सकहरू बताउँछन्‌ । धेरै नै प्याज काट्नुपर्‍यो भने केमिकलको मात्रा बढेर आँखा रातो हुन्छ । आँखा धेरै नै पोल्यो र रातो भयो भने नमिचि सफा पानीले धुनुपर्छ ।कतिपय अवस्थामा त प्याज काट्दा यति पोल्छ कि पछि केही समय हेर्न नै सकिँदैन त्यसैले यस्ता उपायहरू अपनाउनुहोस् । जसले गर्ला जति प्याज काटे पनि आँसु आउँदैन ।

    प्याज काट्नु भन्दा केहीबेर अघि नै फ्रिजमा राख्नु भयो भने पनि आँसु आउँदैन । यस्तै, छेउमा मैनबत्ती बालेर प्याज काट्दा पनि आँसु आउँदैन । काट्नुभन्दा अगाडि प्याजलाई पानीमा ३ मिनेटजति डुबाउँदा प्याजमा भएको केमिकल कम हुन्छ र आँसु आउँदैन ।

    images

    प्याजलाई काट्नु भन्दा पहिले त्यसको जरालाई काटेर फाल्दा पनि आँसु आउँदैन । प्याज काट्दा छेउछाउमा पंखा नचलाउने र चस्मा लगाएर काट्दा पनि आँसु आउँदैन ।

    images

    images
    images

    प्रकाशित :भाद्र १५, २०८० शुक्रवार - ०९:२३:३७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij