• मंगलवार, कार्तिक १८ गते २०८३

TRENDING :

Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते


चिप्रिङ खोलामा श्यामगंगा मन्दिर बन्यो

चिप्रिङ खोलामा श्यामगंगा मन्दिर बन्यो

images

प्रभाव न्यूज

४ माघ २०७७
  • 13.3K
    SHARES
  • images
    images
    images
    images

    खोटाङ - received_2556479357981819.jpeg खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रिङ र खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीको सिमानामा पर्ने चिप्रिङ खोलामा श्यामगंगा मन्दिर निर्माण गरिएको छ । भारतमा रहेको श्यामगंगा नदीको शिरकारुपमा रहेको धार्मिक मान्यताका आधारमा चिप्रिङ खोलामा श्यामगंगा मन्दिर निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५-०७६ देखि निर्माण सुरु गरिएको मन्दिर यसपल्ट पुरा गरिएको हो ।            क्रमागत योजनाकारुपमा गाउँपालिका, वडा कार्यालय चिप्रिङ र ईन्द्रेणीपोखरीको ३० लाखको खर्चमा श्यामगंगा मन्दिर निर्माण गरिएको हो । धार्मिक पर्यटनको विकासका लागि ३० लाख ६० हजारको लागतमा खोलामा मन्दिर निर्माण गरिएको ईन्द्रेणीपोखरीका वडाध्यक्ष देबिन्द्र राईले बताए ।      दुई किनारबाट जग उठाएर खोलाको बिचमा मन्दिर निर्माण उभ्याइएको छ । ‘भारतमा बहने श्यामगंगाको शिर नै यही खोला हो भन्ने धार्मिक मान्यता छ । हिन्दु धर्मावलम्बीको धार्मिक ग्रन्थमा समेत यही कुरा उल्लेख छ,’ वडाध्यक्ष राईले भने, ‘यही धार्मिक मान्यताका आधारमा गाउँपालिका र दुई वडा कार्यालय मिलेर मन्दिर निर्माण गरिएको हो ।’ श्यामगंगा मन्दिरलाई श्यामगंगा नदीको शिरकारुपमा प्रचार–प्रसार गर्न सके धार्मिकस्थलका रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ ।

    images

    images
    images

    प्रकाशित :माघ ४, २०७७ आइतवार - १७:३५:५६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij