• सोमवार, कार्तिक १७ गते २०८३

TRENDING :

Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते


दर्शनार्थी चढेको बस हलेसीमा दुर्घटना, एक जनाको मृत्यु २२ भन्दा बढी गम्भीर घाइते

दर्शनार्थी चढेको बस हलेसीमा दुर्घटना, एक जनाको मृत्यु २२ भन्दा बढी गम्भीर घाइते

images

प्रभाव न्यूज

११ बैशाख २०७८
  • 21.5K
    SHARES
  • images
    दर्शनार्थी चढेको बस हलेसीमा दुर्घटना, एक जनाको मृत्यु २२ भन्दा बढी गम्भीर घाइते
    images
    images
    images

    खोटाङ- दर्शनार्थी चढेको बस दुर्घटना भएको छ । प्रदेश नम्बर– २ सप्तरीबाट हलेसी दर्शनका लागि दर्शनार्थी बोकेर आएको बा ३ ख ९२८५ नम्बरको बस दुर्घटना भएको हो।

    images

    हलेसी दर्शन गराएर दर्शनार्थी बोकेर सप्तरी फर्किदै गरेको उक्त बस हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर– १ बाहुनीडाँडाको कदुवामा शनिबार दुर्घटनामा परेको हो।

    दुर्घटनामा घटनास्थलमा एक जनाको मृत्यु भएको र २२ जना गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमोरियाले प्रभाव न्यूजलाई जानकारी दिए ।

    गम्भीर घाईते २२ जनालाई बिराटनगर, गाईघाट, काठमाडौं रेफर गरिएको उनको भनाई छ । अन्य १२ भन्दा बढी सामान्य घाईते भएको र स्थानीय स्वास्थ्य चौकीमा प्राथामिक उपचार भइरहेको घटनास्थल पुगेका चिमोरियाले बताए ।

    images

    बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन। मृतकको पनि नाम ठेगाना खुल्न बाँकी रहेको उनको भनाई छ।

    images

    images
    images

    प्रकाशित :बैशाख ११, २०७८ शनिवार - १४:४१:२१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij