• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खोटाङमा टाटा सुमो दुर्घट्ना हुँदा तीन जना घाईते

खोटाङमा टाटा सुमो दुर्घट्ना हुँदा तीन जना घाईते

images

प्रभाव न्यूज

१० बैशाख २०७८
  • 13.5K
    SHARES
  • images
    खोटाङमा टाटा सुमो दुर्घट्ना हुँदा तीन जना घाईते
    images
    images
    images

    खोटाङ - खोटाङमा टाटा सुमो दुर्घट्ना हुँदा तीन जना घाईते भएका छन्। केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबाट हलेसीतर्फ जाँदै गरेको ज १ ज २१४ नम्बरको टाटा सुमो शुक्रबार बिहान पल्टिँदा एक गम्भीर र दुई सामान्य घाईते भएका हुन्।

    images

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित पूरानोगाउँमा ब्रेक फेल भएर सुमो पल्टिँदा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका २२ वर्षीय सपना तामाङ, ३८ वर्षीय पन्त श्रेष्ठ र चालक केपिलासगढी गाउँपालिका–७ सुंदेलका केबल कोयी राई घाईते भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

    जालपास्थित जनसेवा सामुदायिक अस्पतालमा सामान्य उपचार गरेपछि घाईते तामाङलाई काठ्माण्डौं रेफर गरिएको छ। उनको दाहिने काँधमा चोट लागेको प्रहरीले जनाएको छ ।

    दाहिने कुहिनामा सामान्य चोट लागेका श्रेष्ठ र चालक राई भने उपचारपछि जनसेवा सामुदायिक अस्पतालबाट डिस्चार्ज भएका छन्। यस्तै, बिहीबार राती साँढे ९ बजे जालपाकै छिप्तीमा बेहुला बेहुलीसहित आफन्त बोकेको ना १ ज ६२१९ नम्बरको टाटा सुमो जिप दुर्घट्ना भएको छ।

    images

    ऐसेलुखर्क गाउँपालिका–७ माक्पाबाट जालपा छिप्ती जाँदै गरेको जिप छिप्तीमा टर्निङ मोड्ने क्रममा सडकबाट करीब ४० मिटर तल खसेको थियो।

    images

    जीप पल्टिँदा चालक सहित १० जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ । उनीहरु सामान्य उपचारपछि घर फर्किसकेका छन् ।

    images
    images

    प्रकाशित :बैशाख १०, २०७८ शुक्रवार - १४:२६:१५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij