• बिहिवार, आश्विन २२ गते २०८३

Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते


किन बस्दैछ कांग्रेस सभापतिहरूको बैठक ?

किन बस्दैछ कांग्रेस सभापतिहरूको बैठक ?

images

प्रभाव न्यूज

२१ आषाढ २०८०
  • 6.0K
    SHARES
  • images
    किन बस्दैछ कांग्रेस सभापतिहरूको बैठक ?
    images
    images
    images

    काठमाडौं । आज नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १२ बजे बैठक बस्न लागेको हो ।

    images

    वडा तहदेखि जिल्ला सम्मेलनसम्मका कार्यक्रमहरु भए या नभएको विवरण र अबको योजनासहित जिल्ला सभापतिहरु उपस्थित हुनेछन् ।

    पार्टी महामन्त्री गगन थापाले जिल्ला सभापतिहरूलाई छलफलका लागि काठमाडौं बोलाएका हुन् ।

    बैठकमा जिल्लाका प्रतिनिधि सभा, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ, नगरपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावली र सम्पर्क नम्बरसहित उपस्थित हुन निर्देश गरिएको छ ।

    images

    बैठकमा पार्टीको सदस्यता वितरण, नवीकरणबारे छलफल हुने महामन्त्री थापाले बताएका छन् ।

    images

    दुई दिनसम्मम चल्ने बैठकमा क्रियाशील सदस्यता, नवीकरण तथा अभिलेखीकरण र पार्टीको विधानअनुसार गरिनुपर्ने कार्यहरुमाथि छलफल हुुने छ ।

    images
    images

    प्रकाशित :आषाढ २१, २०८० बिहिवार - १०:०८:००

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij