खोटाङ - कर्मचारीको निधनमा खोटाङको जन्तेढुंगा गाउँपालिकामा शोक विदा गरिएको छ।
सहायक कम्प्यूटर अपरेटर बलराम राईको निधनमा गाउँपालिकाले मंगलबार गाउँपालिका र गाउँपालिका अन्तरगतका सम्पूर्ण सरकारी कार्यालयमा शोक विदा दिएको हो।
जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङ निगालावासका सहायक कम्प्यूटर अपरेटर राई सुतेकै ठाउँमा मृत फेला परेका थिए।
करार कर्मचारीका रुपमा कार्यरत राईको निधनमा गाउँपालिका अध्यक्ष शंखरवहाखुर राईले सूचना जारी गर्दै एक दिने शोक विदा गरिएको जानकारी दिएका छन्।
बेलुका सकुशल सुतेका राई मंगलबार बिहान मृत फेला परेको आफन्तले बताएका छन्।