• मंगलवार, कार्तिक १८ गते २०८३

TRENDING :

Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते


खोटाङका विज्ञान कोइरालाको दर्दनाक जीवन कहानी : वेपत्ता भएको १९ वर्षपछि आइपुगे जन्मभुमि

खोटाङका विज्ञान कोइरालाको दर्दनाक जीवन कहानी : वेपत्ता भएको १९ वर्षपछि आइपुगे जन्मभुमि

images

प्रभाव न्यूज

२ बैशाख २०७८
  • 29.7K
    SHARES
  • images
    खोटाङका विज्ञान कोइरालाको दर्दनाक जीवन कहानी :  वेपत्ता भएको १९ वर्षपछि आइपुगे जन्मभुमि
    images
    images
    images

     जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोईराला बेपत्ता भएको १९ वर्षपछि घर आइपुग्नु भएको छ । १७ वर्षको उमेरमा २०५८ सालमा काठ्माण्डौं सानेपाबाट बेपत्ता भएका विज्ञान बुधबार घर आइपुग्नु भएको हो । नेपालगञ्जमा भेटिएका विज्ञानलाई भाई सुवास कोईरालाले घर (हाल उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर) पु¥याएका हुन् । साविकको चिसापानी–१ का कोईराला परिवार गत पुस अन्तिम साता सुन्दरपुर बसाई सरेका हुन् । लामो समयसम्म वेपत्ता भएपछि परिवारले मायाँ मारिसकेका विज्ञानको आमा देबकुमारी, भाई सुवास र कान्छी बहिनी तुलसासँग झण्डै दुई दशकपछि भेट भएको छ । वियोगपछिको पारिवारिक मिलनले कोईराला परिवारमा खुसी छाएको छ । लामो समयपछि घर फर्किएका कारण विज्ञानले आफ्नै आमा, भाई र बहिनीलाई ठम्याउन सकेका छैनन् । उनी शारीरिकरुपमा मात्र नभएर मानसिक रुपमा समेत रोगी देखिएका छन् । राज्य र बिद्रोही पक्षको चेपुवामा परेका विज्ञानले त्यहीबेला भारत जाने भन्दै घर छाडेका थिए । तर, उनी भारत नगइ काठ्माण्डौं पुगेको खुलेको छ । विज्ञानको भनाईमा उनी सानेपाबाट अपहरणमा परेका थिए । कोठामा बन्दी बनाइएको अवस्थामा चरम श्रम तथा यौन शोषण गरेको, यातना दिएको विज्ञानले बताउने गरेका छन् । उनको पेट र खुट्टामा लागेको चोटको खाटा अहिले पनि देखिन्छ । भेरी अञ्चल अस्पतालमा उपचार गर्दा विज्ञानको फियो निकालिएको पुष्टी भएको भाई सुवासले बताउनुभयो । उनको बीर अस्पताल लगेर उपचार गर्नुपर्ने र त्यसका लागि ७ लाख खर्च लाग्ने बताइएको छ । १९ वर्षसम्म घरबाहिर निस्कन नदिएर बन्धक बनाइएका बिज्ञानलाई चैत १७-१८ गतेतिर राती सुतेको बेला बेहोस पारेर काठ्माण्डौंको बल्खु आसपासको जंगलमा छाडिएको बताइएको छ । जंगलमा छाडिएपछि उनी ट्रकमा झुण्डिएर नेपालगञ्ज पुगेका थिए । आफुलाई विदेशी भाषा बोल्ने महिलाले यौन शोषण गरेको विज्ञानले बताउने गरेका छन् । बुबाको २०५३ सालमा मृत्यु भएपछि मिना, विज्ञान, सुवास र तुलसालाई आमा देवकुमारीले लालन–पालन गरेर हुर्काएकी थिईन् । देवकुमारी हाल ६३ वर्षकी भइसकेकी छन् । उनका दिदी, भाई, बहिनी सबैको बिवाह भइसकेको छ । विज्ञानलाई घर ल्याइएसँगै आवश्यक उपचारका लागि सहयोग अभियान सुरु गरिएको कांग्रेस जन्तेढुंगा गाउँपालिका समिति उपाध्यक्ष बाजिन्द्र बिष्टले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएकाले कोईराला परिवारले उनको उपचारका लागि सहयोगको याचना गरेका छन् ।

    images

    images
    images

    प्रकाशित :बैशाख २, २०७८ बिहिवार - २०:४७:०६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij