• मंगलवार, कार्तिक १८ गते २०८३

TRENDING :

Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते


खोटाङमा एसईई परीक्षामा ३ हजार ३४५ जना सहभागी हुँदै

खोटाङमा एसईई परीक्षामा ३ हजार ३४५ जना सहभागी हुँदै

images

प्रभाव न्यूज

६ चैत्र २०७९
  • 7.6K
    SHARES
  • images
    खोटाङमा एसईई परीक्षामा ३ हजार ३४५ जना सहभागी हुँदै
    images
    images
    images

    खोटाङमा माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईमा तीन हजार ३५४ जना विधार्थी एसईई परीक्षामा सहभागी हुने भएका छन्।

    images

    उनीहरुले यहि चैत १७ गतेदेखि विभिन्न २३ वटा परीक्षा केन्द्रबाट परीक्षा दिने भएका छन् । रेगुलरतर्फ तीन हजार २८५ जना, प्राविधिक धारतर्फ ११७ जना र ग्रेड बृद्धितर्फ ६९ जनाले एसईई परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई दिक्तेलका प्रमुख व्रिजकिशोर प्रसाद साहले बताउनुभयो।

    प्राविधिक धारतर्फ परीक्षा दिनेमा दिननाथ भगवती मावि खोटाङबजारबाट ३७ जना, चिसापानी मावि चिसापानीबाट ४७ जना, पञ्च मावि दिक्तेलबाट ११ जना र महेन्द्रोदय मावि हलेसीबाट २३ जना रहेका छन्। इकाई प्रमुख साहका अनुसार प्राविधिक धारको परीक्षा दिक्तेलस्थित सरस्वती नमूना माविमा र ग्रेड बृद्धिको परीक्षा दिक्तेल इंगलिस बोर्डिङमा हुनेछ।

    साधारण धारको २६ चैतमा र प्राविधिक धारको २९ चैतमा परीक्षा सकिनेछ। परीक्षाको पहिलो दिन विहान ८ वजे अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। परीक्षाको तयारीका लागि २३ वटै केन्द्रमा उत्तरपुस्तिका र प्रवेश पत्र पठाई सकिएको छ।

    images

    परीक्षाका लागि केन्द्राध्यक्ष, सुरक्षा लगायत अन्य विषय प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मंगलबार बस्ने जिल्ला परीक्षा समन्वय समितिको बैठकले टुंगो लगाउने छ। गतवर्षको तीन हजार ६८४ जना विधार्थी सहभागी भएकामा रेगुलरतर्फ तीन हजार ४२५ जना, प्राविधिक धारतर्फ ६४ जना र ग्रेड बृद्धितर्फ १९५ जना विधार्थीले एसईई परीक्षा दिएका थिए।

    images

    images
    images

    प्रकाशित :चैत्र ६, २०७९ सोमवार - १८:१३:००

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij