• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खोटाङका विभिन्न जङ्गलमा लागेको डढेलो गाउँ पस्दा दिनानुदिन क्षति

खोटाङका विभिन्न जङ्गलमा लागेको डढेलो गाउँ पस्दा दिनानुदिन क्षति

images

प्रभाव न्यूज

१३ चैत्र २०७७
  • 19.9K
    SHARES
  • images
    खोटाङका विभिन्न जङ्गलमा लागेको  डढेलो गाउँ पस्दा दिनानुदिन क्षति
    images
    images
    images

    खोटाङमा जंगलमा लागेको डढेलो गाउँ पस्दा दिनानुदिन क्षति हुन थालेको छ। स्थानीय रक्तमाला सामुदायीक वनमा लागेको डढेलोले बराहपोखरी गाउँपालिका–१ बराहपोखरी दानसिंका शिवराज आले मगरको घर जलेको छ। डढेलोका कारण मगरको बिहीबार घरमा आगलागी भएको हो। दुईतले घर तथा घरमा भएका अन्न, लत्ताकपडा, सरसामान लगायत जल्दा करिब ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले बताए। रक्तमाला सामुदायीक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन। यद्यपी, मानव बस्ती भने डढेलोको जोखिममा नरहेको प्रहरीले जनाएको छ। यस्तै, सल्लेरी सामुदायीक वनमा लागेको डढेलोले शुक्रबार खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेका निर्मला पोखरेलको गोठ जलेको छ। गोठ जल्दा पोखरेलको ६० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। सो स्थानमा लागेको डढेलो पनि हालसम्म नियन्त्रण बाहिर छ। यस्तै, भान्छा कोठाबाट सल्किएको आगोले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका बृद्ध हर्कबहादुर राईको घर जलेको प्रहरी निरीक्षक शाहले बताए। रानी सामुदायीक वनमा लागेको डढेलोले बिहीबार केपिलासगढी गाउँपालिका–३ बासपानी पोखरीका पदमबहादुर खड्काको घर जलेको थियो। यस्तै, सामुदायीक वनमा फैलिएको डढेलो गाउँमा पस्दा बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित बसेरीका तेजबिनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेको थियो।

    images

    images
    images

    प्रकाशित :चैत्र १३, २०७७ शुक्रवार - २२:०९:२३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij