• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


समाजसेवी राईले बनाइदिए आफ्नै गाउँको विद्यालयमा आर्कषक मन्दिर 

समाजसेवी राईले बनाइदिए आफ्नै गाउँको विद्यालयमा आर्कषक मन्दिर 

images

प्रभाव न्यूज

१२ चैत्र २०७७
  • 37.0K
    SHARES
  • images
    समाजसेवी राईले बनाइदिए आफ्नै गाउँको विद्यालयमा आर्कषक मन्दिर 
    images
    images
    images

    खोटाङ - समाजसेवी, पुर्व जिल्ला विकास समिति इलाका सदस्य तथा भुपु ब्रिटिस आर्मी टंक बहादुर राईले आफ्नो जन्मभुमीको विद्यालयमा उत्कृष्ट मन्दिर निर्माण गरिदिएका छन्।

    images

    जन्तेढुंगा गाउँपालिका –५ छेतुवास्थित पृथ्वी आधारभुत बिधालय घोरेडाँडामा समाजसेवी राईले मन्दिर बनाइदिएका हुन। २०६९ सालमा ४ लाखको लागतमा सरस्वतीको मन्दिर तथा मुर्ती निर्माण गरिदिएका राईले पूःन २ लाख २६ हजार ४ सय १० रुपैयाँ लागतमा मन्दिर परिसरमा पर्खाल लगाइदिएका छन्।

    राईको अगुवाइमा स्थानीय गोपाल सार्की र भविन्द्र बस्नेतले पनि उक्त मन्दिर र मन्दिर परिसर निर्माणमा अतुलनीय सहयोग गरेको बताइएको छ। विद्यालयमा विद्याकी खानी सरस्वतीको मन्दिर तथा मुर्ती निर्माणसँगै पर्खाललगायतका संरचना निर्माण गरेका समाजसेवी राई सहित सार्की र बस्नेतलाई विद्यालय परिवार तथा स्थानीयबासीले भव्य सम्मान गरेका छन्।

    r.jpg

    images

    समाजसेवी तथा भुपु ब्रिटिस आर्मी राईले बिगतमा पनि विभिन्न स्थानमा खानेपानी, पुल, बिधालय, प्रतीक्षालय, मन्दिर जस्ता बिकास निर्माणका कामको अगुवाई तथा सहयोग गरेका र गर्दै आएको बताइएको छ।

    images

    जन्तेढुंगा गाउँपालिका–५ चिसापानी, साविक चिसापानी–९ छेतुवामा १९९७ सालमा जन्मिएका राई तत्कालीन चिसापानी उच्च माध्यमिक बिधालय ब्यबस्थापन समितिको अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए। बेलायतमा हुँदा वा नेपालमा रहँदा होस् आफूले जिल्लाका विभिन्न कार्यक्रमलाई आफू र आफ्नी धर्मपत्नी स्वर्गीय प्यारीमाँया राईको नामबाट पुरस्कार प्रायोजन, छात्रवृत्ति तथा बिरामीलाई आर्थिक सहयोग लगायतका समाजिक काम निरन्तर गरेको उनको भनाई छ।

    आपत विपतमा परेकालाई सहयोग, विकास निर्माणका काम, जनताको भलाई हुने काम, गरिव, निमुखालाई सहयोग गर्नेलगायतका काम आफुलाई गर्न मन लाग्ने भएका कारण यस्ता काम गरेको उनले बताए। आगामी दिनमा पनि समाजसेवाको भावना निरन्तर राख्ने उनले बताए। राईले आफ्नै गाउँका युवाहरूलाई लक्षित गरि खेल मैदान निर्माण गरिदिने लक्ष्य राखेको सुनाए।

    t.jpg

    आगामी दिनमा फाउन्डेसन बनाएर वार्षिक रुपमा सहयोग गर्ने सोच रहेको उनको भनाई छ। समाजसेवी राईले आफ्ना छोराछोरी लाई पनि यस्ता सामाजिक कर्म गर्न प्रेरित गरेको र सामाजिक कार्यलाई पुस्तान्तरण गर्न थालेको बताए।

    विद्यालय तथा स्थानीयबासीले आयोजना गरेको भव्य सम्मान कार्यक्रममा प्रमुख अथिति नेपाली कांग्रेस जन्तुढुंगा गाउँपालिकाका सभापति प्रेमबहादुर बस्नेत, कांग्रेसका युवा नेता बाजिन्द्र बिष्ट, विव्यास समितिका अध्यक्ष सुक्रिम राई लगायत स्थानीयबासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

    अभिनन्दन तथा सम्मान कार्यक्रममा बोल्दै युवा नेता बिष्टले समाजसेवी राईले गरेका सामाजिक योगदानको चर्चा गर्दै नयाँ पुस्ता र सरकारमा रहनेले उहाँबाट पाठ सिक्नु पर्ने बताए।

    images
    images

    प्रकाशित :चैत्र १२, २०७७ बिहिवार - १५:३५:०९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij