• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


विजयखर्कमा एकसाथ चारवटा भवन उद्घाटन, स्थानीय भए हर्षित

विजयखर्कमा एकसाथ चारवटा भवन उद्घाटन, स्थानीय भए हर्षित

images

प्रभाव न्यूज

३ चैत्र २०७७
  • 21.8K
    SHARES
  • images
    विजयखर्कमा एकसाथ चारवटा भवन उद्घाटन, स्थानीय भए हर्षित
    images
    images
    images

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्कमा एकसाथ चारवटा भवनको उद्घाटन गरिएको छ। विभिन्न निकायवाट प्राप्त वजेटबाट निर्माण सम्पन्न भएका भवनहरुको सोमबार विधिवत रुपमा उद्घाटन गरिएको हो।

    images

    विजयखर्कको वडा कार्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी वडा कार्यालय भवन, स्वास्थ्य चौकी भवन, चम्पावती माध्यमिक विद्यालय भवन र भैरवेश्वर महिला जागरण मञ्चको भवन उद्घाटन गरिएको विजयखर्कका वडाध्यक्ष विरेन्द्र प्रसाद ढकालले जानकारी दिए।

    चारैवटा भवन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेबी राईले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । वडा कार्यालयको भवन नगरपालिकाको ७० लाख वजेटबाट निर्माण गरिएको हो। नगरपालिकाले यसवर्ष ११ वडामा एकै डिजाइनको भवन निर्माण गरिरहेको छ।

    स्वास्थ्य चौकीको भवन जिल्ला आयोजना कार्यन्वयन इकाई भवन ओखलढुंगाको १ करोड ७० लाख र प्राविधिक सहयोगमा निर्माण गरिएको हो। चम्पावती माविको भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको ७० लाख ४० हजारमा निर्माण गरिएको जनाइएको छ। नवनिर्मित विद्यालयको चार कोठे भवनभित्र विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याव स्थापना र बाहिर सरस्वती मन्दिर निर्माण गरिएको छ।

    images

    विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याव र सरस्वती मन्दिर नगरको वजेटवाट निर्माण गरिएको हो। विद्यालयको मेसिनरी वालमा नगरपालिकाले १० लाख सहयोग गरेको थियो। यस्तै, विभिन्न निकायवाट प्राप्त भएको ५ लाख वजेटबाट भैरवेश्वर महिला जागरण मञ्चको भवन निर्माण गरिएको वडा सदस्य मनिषा खनालले बताईन्।

    images

    भवन उद्घाटन कार्यक्रमको अवसरमा तीनजना जग्गादातालाई सम्मान पनि गरिएको छ। वडा कार्यालय निर्माणका लागि डेढ रोपनी निःशुल्क जग्गादान गर्ने विजयखर्कका वडाध्यक्ष विरेन्द्र प्रसाद ढकाल, स्वास्थ्य चौकीलाई ५ रोपनी निःशुल्क जग्गादान गर्ने टंक पोखरेल र भैरवेश्वर महिला जागरण मञ्चलाई १० आना निःशुल्क जग्गादान गर्ने युवराज ढकाललाई सम्मान गरिएको हो।

    निःशुल्क जग्गादाता तथा विजयखर्कका वडाध्यक्ष विरेन्द्र प्रसाद ढकाललाई सम्मान गरिदै। जग्गादाताहरुलाई नगरप्रमुख रिजाल र उपप्रमुख राईले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरेर सम्मान गरेका हुन्।

    यसैविच, २६ फागुनमा नेर्पाबाट सुरुवात गरिएको निःशुल्क स्यानिटरी प्याड, दिवा खाजा र टिफिन क्यारी वितरण कार्यक्रम अन्तर्गत विजयखर्कका विधार्थीहरुलाई पनि वितरण गरिएको छ।

    images
    images

    प्रकाशित :चैत्र ३, २०७७ मंगलवार - १६:४०:१८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij