• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खोटाङमा रुखबाट लडेर एकै दिन दुई जनाले गुमाए ज्यान

खोटाङमा रुखबाट लडेर एकै दिन दुई जनाले गुमाए ज्यान

images

प्रभाव न्यूज

२ चैत्र २०७७
  • 30.0K
    SHARES
  • images
    खोटाङमा रुखबाट लडेर एकै दिन दुई जनाले गुमाए ज्यान
    images
    images
    images

    खोटाङमा रुखबाट लडेर दुई जनाको मृत्यु भएको छ । घाँस काट्नका लागि रुखमा चढेको अवस्थामा लडेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ४२ वर्षीय उर्मिला थापा र साकेला गाउँपालिका–४ मात्तिम आहालेका ६७ वर्षीय रामबहाखुर खड्काको मृत्यु भएको हो । आइतबार घर नजिकै दुधिलोको घाँस झार्नेक्रममा लडेर गम्भीर घाईते भएकी थापाको जिल्ला अस्पतालमा उपचारकोक्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, आइतबारकै दिन खन्यूको घाँस काट्नेक्रममा रुखबाट खस्दा खड्काको घट्नास्थलमै मृत्यु भएको मात्तिमका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । खड्का दिर्घ रोगी (प्रेसरको बिरामी) थिए । वडाध्यक्ष भट्टराईका अनुसार मृतक थापा र खड्का साईनोले फुपुभदै हुन् ।

    images

    images
    images

    प्रकाशित :चैत्र २, २०७७ सोमवार - १९:१०:४५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij