काठमाडौं - नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक डाकेको छ।
पुस २२ गते शुक्रबार दिउँसो १ बजेका लागि बैठक तय गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उक्त बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचको समीक्षा, समसामयिक राजनीतिक सन्दर्भबारे छलफल हुने उनले बताए।
कांग्रेसको नेतृत्वमा रहेको पाँचदलीय गठबन्धन एकाएक परिवर्तन भएर एमाले नेतृत्वमा सत्तासमीकरण बनेसँगै कांग्रेसमा अहिले आरोप–प्रत्यारोप चलिरहेको छ।
गठबन्धन तोडिएसँगै पार्टीलाई भएको क्षति पनि बैठकमा समीक्षा हुने एक नेताले जानकारी दिए।