• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


हजुरबाको स्मृतिमा नातीको शोककाव्य

हजुरबाको स्मृतिमा नातीको शोककाव्य

images

प्रभाव न्यूज

२८ फाल्गुण २०७७
  • 18.2K
    SHARES
  • images
    हजुरबाको स्मृतिमा नातीको शोककाव्य
    शोककाव्य ‘हजुरबा’ लोकार्पण गर्दै साहित्यकार बिष्णु आभूषण ।
    images
    images
    images

    खोटाङका श्रष्टा प्रकाश आचार्य ‘भावुक’ प्रभाको शोककाव्य ‘हजुरबा’ लोकार्पण गरिएको छ ।

    images

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल फूलबारी टोलका आचार्यले आफ्नो स्वर्गीय हजुरबा बोलप्रसाद आचार्य ‘माझाघरे’को स्मृतिमा सिर्जना गरेको शोककाव्य महाशिवरात्रीको अवशर पारेर बिहिबार लोकार्पण गरिएको हो ।

    जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा साहित्यकार बिष्णु आभूषणले आचार्यको शोककाव्य ‘हजुरबा’ लोकार्पण गरेका हुन् ।

    विभिन्न पत्रपत्रिकामा लेख रचना प्रकाशन गर्दै आएका आचार्यले साँस्कृतिक पुजारी रहेका स्वर्गीय हजुरबाको सम्मान र स्मृतिमा शोककाव्य तयार पारेका हुन् ।

    images

    लोकार्पण गरिएको पुस्तकमाथि शिक्षक काजीप्रसाद खतिवडाले टिप्पणी गरेका थिए । विभिन्न साहित्यीक एवं सामाजिक संघसंस्थामा आवद्ध आचार्य निजामती सेवामा आवद्ध छन् ।

    images

    राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा २०७७ सालमा नेपाली सेनाले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगीतामा पुरस्कृत भएका आचार्य कथा, निवन्ध, कविता सिर्जनामा चम्किला श्रष्टा हुन् । उनी साहित्यीक पत्रपत्रिकासँग पनि आवद्ध छन् । बुवा अबिनारायण आचार्य र आमा कुमारी आचार्यको सन्तान रहेका प्रकाश सुनौलो बिहानी साहित्यीक पत्रिकाका सम्पादक र पुष्पसमय साहितयीक पत्रिकाका प्रधान सम्पादकको जिम्मेवारीमा पनि छन् ।

    ‘हजुरबा’ लोकार्पण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, साहित्यकार टंक भट्टराई, प्रेस स्वतन्त्रता सेनानी पत्रकार कृष्ण आचार्य, बुद्धिजिवी देबीप्रसाद रिजाल, शिक्षक काजीप्रसाद खतिवडा, श्रष्ठा, साहित्यनुरागी लगायतको उपस्थिति रहेको थियो । 

    images
    images

    प्रकाशित :फाल्गुण २८, २०७७ शुक्रवार - १४:०६:३१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij