• सोमवार, कार्तिक १७ गते २०८३

TRENDING :

Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते


२४ घण्टामा ४०३ कोरोना संक्रमित थपिए, ६ को मृत्यु

२४ घण्टामा ४०३ कोरोना संक्रमित थपिए, ६ को मृत्यु

images

प्रभाव न्यूज

१ माघ २०७७
  • 12.9K
    SHARES
  • images
    २४ घण्टामा ४०३ कोरोना संक्रमित थपिए, ६ को मृत्यु
    images
    images
    images

    काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ४२६ रहेको छ । पछिल्लो २४ घण्टामा थप ४०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६० हजार १७७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९४३ पुगेको छ ।

    images

    images
    images

    प्रकाशित :माघ १, २०७७ बिहिवार - १७:४१:३१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij