• मंगलवार, कार्तिक १८ गते २०८३

TRENDING :

Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते


हलेसी तुवाचुङ नगरपालिकामा ‘लोपोन्मुख तिलुङ भाषा’ विद्यालयमा पठन–पाठन सुरु

हलेसी तुवाचुङ नगरपालिकामा ‘लोपोन्मुख तिलुङ भाषा’ विद्यालयमा पठन–पाठन सुरु

images

प्रभाव न्यूज

२२ आषाढ २०७९
  • 16.5K
    SHARES
  • images
    हलेसी तुवाचुङ नगरपालिकामा ‘लोपोन्मुख तिलुङ भाषा’ विद्यालयमा पठन–पाठन सुरु
    images
    images
    images

    खोटाङ -  हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषामा पठन–पाठन सुरु गरिएको छ। हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बालबिकास आधारभुत विद्यालय पिपचाहीमा चालु शैक्षिक–सत्रदेखि कक्षा १ बाट तिलुङ भाषाको ऐच्छिक विषय पठन–पाठन सुरु गरिएको हो।

    images

    तिलुङ भाषाको पठन–पाठनका लागि तयार पारिएको पाठ्यपुस्तक हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले विद्यालयलाई हस्तान्तरण गरेका छन्।

    तिलुङ भाषाको पठन–पाठनका लागि नगरपालिकाको आर्थिक सहयोगमा तिलुङ राई बुगाकिमले पाठ्यपुस्तक तयार पारेको हो।

    चालु शैक्षिक–सत्रबाट च्यास्मीटारकै पिपलटार आधारभुत विद्यालयमा पनि तिलुङ भाषामा पठन–पाठन सुरु गर्ने तयारी गरिएको छ। पिपलटार आधारभुत विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन बाँकी छ।

    images

    लोपोन्मुख बनेको भाषाको संरक्षण र संवद्र्धनका लागि तिलुङ भाषी विद्यार्थीको बाहुल्यता रहेको विद्यालयमा सोही विषयलाई ऐच्छिक विषयका रुपमा समावेश गरिएको हो। हालसम्म कक्षा ३ सम्मको पाठ्यक्रम तयार पारिसकिएको तिलुङ राई बुगाकिमले जनाएको छ।

    images

    राईमध्ये कम जनसंख्या भएको र भाषा पनि लोपोन्मुख अवस्थामा पुगेको तिलुङ भाषी विद्यार्थीको बाहुल्यता भएका अन्य विद्यालयमा क्रमशः भाषाको पठन–पाठन हुने नगरपालिकाले जनाएको छ।

    २०७० जेठ १३ र १४ गतेको काठमाडाै‌‌ भएको भेलाले पहिलोपल्ट तिलुङ भाषाको बर्ण निर्धारण तथा पहिचान गरिएको थियो।

    वर्ण निर्धारणकाक्रममा तिलुङ भाषाका व्याञ्जन वर्णहरु २२ वटा र स्वर वर्ण ६ वटा मात्र रहेको पत्ता लागेको थियो। कतिपय एक वर्णले अर्को वर्णको काम गर्ने गरेका कारण वर्ण संख्या कम पाइएको हो ।

    तिलुङ भाषामा त, थ, ढ, ध, ण, श, ष, क्ष, त्र, ज्ञ लगायतका व्यञ्जन वर्ण तथा ई, एै, औ, ऋ, अं लगायतका स्वर वर्णहरु प्रयोगमा नआउने गरेको बुगाकिमले जनाएको छ । प्रायः राई भाषामा घ, झ, ढ, भ, श, ष, क्ष, त्र, ज्ञ लगायतका वर्णहरु नभेटिने र प्रयोगमा नआउने भाषाबिदहरु बताउँछन्।

    यस्तै, आफ्नो भाषालाई पुस्तकमा दस्तावेजीकरणका लागि २०७१ बैसाख तेश्रो साता च्यास्मीटारका तिलुङ भाषी बुढापाकालाई काठ्माण्डौं लगेर तिलुङ भाषाको शब्द संकलन गरिएको थियो।

    तिलुङ भाषाको संरक्षणका लागि २०६८ साल साउन ७ गते चावहिलमा भएको भेलाले पहिलोपल्ट हिमालसेर तिलुङ राईको संयोजकत्वमा तिलुङ भाषा तथा संस्कृति उत्थान समिति गठन गरेको थियो।

    खोटाङको च्यास्मीटार, दुर्छिम, राजापानी, धितुङ, बाहुनीडाँडा, डिकुवा तथा उदयपुरको लेखगाउँ, बाँसबोटे, रिस्कु, रुपटार, ठानागाउँ, तावाश्री, ओखलढुंगाको सल्ले, सिराहाको मुक्सार, झापा, इलाम, सुनसरी, धादिङ, काठमाडौंलगायतका ठाउँमा तिलुङ राईको बसोबास छ। बुढापाकाको अन्त्यसँगै तिलुङ भाषाको अस्तित्व संकटमा परेको छ।

    राम्ररी तिलुङ भाषा बोल्न जान्ने केही बुढापाकाहरु खोटाङको च्यास्मीटार र उदयपुरका केही गाउँमा मात्र बाँकी छन्।

    images
    images

    प्रकाशित :आषाढ २२, २०७९ बुधवार - ०९:१६:४२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij