कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा खोटाङको अध्यक्षमा मनोज कुमार बजिमय चयन भएका छन्।
बिहीबार दिक्तेलस्थित श्रेष्ठ होटलमा भएको प्रथम साधारण सभा तथा जिल्ला अधिबेशनबाट बजिमय सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।
अधिबेशनले बजिमयको अध्यक्षतामा सात सदस्यीय समिति बनाएको छ। उपाध्यक्षमा कुमार बजिमय, सचिवमा अजय बस्नेत, सह–सचिवमा गोपाल आचार्य र कोषाध्यक्षमा बिमला राई छन्। यस्तै सदस्यहरुमा उषा बस्नेत र विनोद बस्नेत चयन भएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा खोटाङका सचिव अजय बस्नेतले जानकारी दिए।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) प्रदेश नं. -१ का अध्यक्ष भवकृष्ण तिम्सिना र क्यानका केन्द्रीय सचिव ठाकुर श्रेष्ठको उपस्थितीमा भएको साधारण सभा तथा अधिबेशनले केही समय अघि बजिमयको संयोजकत्वमा बनेको ५ सदस्यीय तदर्थ समितिलाई विघटन गरेर नयाँ कार्य समिति निर्माण गरेको हो।
प्रविधि शिक्षालाई जिल्लामा अझ फराकिलो पर्नलाई नयाँ समितिले दुई वर्षे कार्यकाल पाएका छन्। क्यानको सातै प्रदेशमा शाखा तथा ५८ जिल्लामा जिल्ला शाखा विस्तार भइसकेको छ। क्यानको प्रथम साधारण सभा तथा जिल्ला अधिबेशन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले उद्घाटन गरेका थिए ।
