खोटाङ- विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति जिल्ला कार्य समिति खोटाङको सभापति धर्मराज पोख्रेललाई स्वागत गरिएको छ।
महासंघको जिल्ला कार्य समितिले दिक्तेलस्थित हुलाकडाँडामा आयोजना गरेर एक कार्यक्रमकाबीच स्वागत गरिएको होे।
महासंघको चितवनमा भएको महाधिबेशनले खोटाङको सभापतिको जिम्मेवारी पोख्रेललाई प्रदान गरेको थियो।
ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष दुर्गा घिमिरे, विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति जिल्ला कार्य समिति खोटाङका उपसभापति बलाराम दाहाल खत्री, सचिव उमेशचन्द्र आचार्य, महासंघका आजीवन सदस्यहरुको उपस्थितिले पोख्रेललाई सफल कार्यकालको शुभकामनासहित स्वागत गरेका हुन्।
महासंघले जिल्ला कार्य समितिलाई एक महिनाभित्र पूर्णता दिने बताइएको छ।
