• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


दिप्रुङ चुइचुम्माको बतासेमा बल्यो विजुली

दिप्रुङ चुइचुम्माको बतासेमा बल्यो विजुली

images

प्रभाव न्यूज

५ फाल्गुण २०७७
  • 18.0K
    SHARES
  • images
    दिप्रुङ चुइचुम्माको बतासेमा बल्यो विजुली
    images
    images
    images

    खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेमा केन्द्रीय प्रसारण लाइनको विजुली वत्ती बलेको छ।

    images

    गाउँपालिकाको समन्वय र नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रको आर्थिक प्राविधिक सहयोगमा विधुत विस्तारको काम सकिएपछि बुधबारबाट उक्त ठाँउमा वत्ती वलेको हो।

    वर्षौ वर्षपछि केन्द्रीय प्रसारण लाइनको वत्ती बलेपछि स्थानीयहरु हर्षित भएका छन्। २४ सैं घण्टा वत्ती वलेपछि लेखपढ गर्न, कुटानी पिसानी गर्न, इमेल इन्टरनेट चलाउन, कम्प्युटर टेलिभिजन चलाउन सहज हुने स्थानीयहरुको भनाई छ।

    बतासेकै साविक वडा नं.१ र छितापोखरीको केही भागमा वत्ती वल्न बाँकी रहेको छ। यहि वर्षभित्र उक्त दुई स्थानमा केन्द्रीय प्रसारण लाइनको विजुली वत्ती वल्ने गाउँपालिका अध्यक्ष भूपेन्द्र राइले बताए ।

    images

    बतासेमा एक कार्यक्रमको आयोजना गरी निवर्तमान सांसद विशाल भट्टराईले विजुली वत्तीको उद्घाटन गरेका हुन् ।

    images

    images
    images

    प्रकाशित :फाल्गुण ५, २०७७ बुधवार - १८:५४:५६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij