• मंगलवार, कार्तिक १८ गते २०८३

TRENDING :

Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते


चुनावका बेला कति दिन विद्यालय बन्द हुँदैछ ? (हेर्नुहोस्)

चुनावका बेला कति दिन विद्यालय बन्द हुँदैछ ? (हेर्नुहोस्)

images

प्रभाव न्यूज

१६ बैशाख २०७९
  • 15.0K
    SHARES
  • images
    चुनावका बेला कति दिन विद्यालय बन्द हुँदैछ ? (हेर्नुहोस्)
    images
    images
    images

    काठमाडौं, वैशाख १६- निर्वाचन आयोगले मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालय तीन दिन बन्द गराउन सरकारलाई आग्रह गरेको छ।

    images

    मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न वैशाख २८ गतेदेखि मिति २०७९ वैशाख ३० गतेसम्म ३ दिनका लागि मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालय बन्द गराउन अनुरोध गरिएको हो।

    मतदान केन्द्र तोकिएका विद्यालयका विद्यार्थीहरूको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन नेपाल सरकारका मुख्यसचिव मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय आयोगले गरेको हो।

    आयोगका सहायक प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा स्थानीय तह निर्वाचनको मतदान हुने मिति २०७९ वैशाख ३० गते शुक्रबारका दिन देशभर सार्वजनिक विदा दिन मुख्य सचिवमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको पनि जनाइएको छ। रासस

    images

    images
    images

    प्रकाशित :बैशाख १६, २०७९ शुक्रवार - ०९:२५:१६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij