• बिहिवार, आश्विन २२ गते २०८३

Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते


कांग्रेस परित्याग गरि ‘कांग्रेस वीपी’ मा प्रवेश

कांग्रेस परित्याग गरि ‘कांग्रेस वीपी’ मा प्रवेश

images

प्रभाव न्यूज

६ बैशाख २०७९
  • 98.7K
    SHARES
  • images
    कांग्रेस परित्याग गरि ‘कांग्रेस वीपी’ मा प्रवेश
    images
    images
    images

    काठमाडौं, वैशाख ६- स्थानीय निर्वाचन नजिकिँदै जाँदा दल परिवर्तनको होडबाजी चलिरहेको छ।

    images

    विशेष गरि नेपाली कांग्रेस सहित सत्तारुढ दलहरू पाँच दलीय गठबन्धनलाई स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने बताउन थाले पछि पार्टी परित्यागको लहर नै चलेको छ।

    आज नेपाली कांग्रेसकी नेतृ तथा नेपाल महिला सङ्घकी पूर्व केन्द्रीय सदस्य कुमारी आभा शर्मा नेपाली कांग्रेसका नेताहरूले सत्ता र पदका लागि पार्टीको नीति सिद्धान्त र विचार छोडेको भन्दै नेपाली कांग्रेस परित्याग गरि आज नेपाली कांग्रेस वी.पी. मा प्रवेश गरेकी छिन।

    शर्मालाई पार्टी कार्यालयमा आज एक कार्यक्रमका बीच पार्टीका केन्द्रीय सभापति सुशीलमान शेरचनले टिका र खादा लगाएर साधारण सदस्यता प्रदान गरेका थिए।

    images

    शर्मालाई साधारण सदस्य प्रदान पछि आज नै सभापतिले पार्टीको केन्द्रीय सदस्यमा पनि मनोनयन गरेका छन्। शर्मा २०१५ सालमा नेपाली कांग्रेसबाट प्युठान क्षेत्रबाट निर्वाचित सांसद स्व. अनि रुद्र शर्माकी जेठी छोरी हुन्।

    images

    पार्टी प्रवेश कार्यक्रममा बोल्दै सभापति सुशीलमान शेरचनले नेपाली कांग्रेस सिद्धान्त विहीन पार्टी भएकोले आफ्नो पार्टीको स्थापना गर्न परेको बताएका छन्। उनले भने नेपाली कांग्रेसलाई बिगार्ने नभई नेपाली कांग्रेसका सच्चा र इमानदार नेता कार्यकर्ताहरूको पार्टी नेपाली कांग्रेस वी.पी. बन्ने बताए।

    उनले सम्पूर्ण कांग्रेसका नेता कार्यकर्ता तथा शुभचिन्तकहरूले अब चार तारा झन्डा र वी.पी, गणेशमान, कृष्णप्रसाद, सुवर्णलाई सम्झेर आफ्नो पार्टीको चुनाव चिन्ह करुवामा मतदान गर्न आग्रह गरे

    images
    images

    प्रकाशित :बैशाख ६, २०७९ मंगलवार - २०:००:३२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij