• बिहिवार, आश्विन २२ गते २०८३

Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते


निर्वाचन जित्ने आधार देखाएर टिकट माग्नुस् : विमलेन्द्र निधी

निर्वाचन जित्ने आधार देखाएर टिकट माग्नुस् : विमलेन्द्र निधी

images

प्रभाव न्यूज

१० चैत्र २०७८
  • 11.8K
    SHARES
  • images
    निर्वाचन जित्ने आधार देखाएर टिकट माग्नुस् : विमलेन्द्र निधी
    images
    images
    images

    धनुषा - नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको बलियो उपस्थितिका लागि एकढिक्का भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

    images

    कांग्रेसको १४औँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित धनुषा जिल्लाका पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्न बुधबार आयोजित कार्यक्रममा नेता निधीले निर्वाचनमा भएको आन्तरिक प्रतिस्पर्धालाई सामान्यरूपमा लिन आग्रह गरे।

    नेता निधीले नेता कार्यकर्तालाई कांग्रेसलाई जिताउने अभियानमा सक्रिय भएर लाग्न आग्रह गर्दै आगामी ३० बैशाखमा हुने स्थानीय निर्वाचनको टिकटका लागि आफू कहाँ नआइ वडामा जान नेता कार्यकर्तासँग आग्रह गरे।

    उनले पहिला जस्तो परिस्थिति अब नरहेकाले टिकटका लागि आआफ्नो वडामा जान नेता कार्यकर्तालाई आग्रह गरे।

    images

    उनले भने “नेता कहाँ गएर हारगुहार गर्नुभन्दा विधानको पालना गर्दै आआफ्नो वडामा गएर आफूले गरेको कार्यको मूल्याङ्कन र निर्वाचन जित्नसक्ने क्षमताका आधारमा टिकट माग्नुस्।”

    images

    धनुषाका नवनिर्वाचित पार्टी सभापति योगेन्द्र पजियारको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीलगायतले पार्टीको सम्पन्न महाधिवेशनबाट आएका परिणामलाई आन्तरिक कलह नबनाइ एकजुट भएर निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।

    images
    images

    प्रकाशित :चैत्र १०, २०७८ बिहिवार - ०९:३२:१२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij