• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


बाहुनीडाँडाको झाप्पामा शहरी स्वास्थ्य केन्द्र स्थापना भएपछी जनताले पाए सुख

बाहुनीडाँडाको झाप्पामा शहरी स्वास्थ्य केन्द्र स्थापना भएपछी जनताले पाए सुख

images

प्रभाव न्यूज

५ चैत्र २०७८
  • 14.4K
    SHARES
  • images
    बाहुनीडाँडाको झाप्पामा शहरी स्वास्थ्य केन्द्र स्थापना भएपछी जनताले पाए सुख
    images
    images
    images

    खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको झाप्पामा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ। भौगोलिक रुपमा स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका, स्वास्थ्य संस्था पुग्न दुई/तीन घण्टा हिँड्नुपर्ने, स्वास्थ्य सेवाबाट बञ्चित रहेका नागरिकलाई लक्ष्यित गर्दै नगरपालिकाले झाप्पामा शहरी स्वास्थ्य केन्द्र विस्तार गरेको हो।

    images

    स्वास्थ्यचौकी सरहको स्वास्थ्य सेवा दिनेगरी औषधि सहित एक जना अहेव र एक जना अनमीको व्यवस्था गरेर शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको नगर स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताए।

    शहरी स्वास्थ्य केन्द्र हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले शुक्रबार उद्घाटन गरेका हुन्। ११ वडा रहेको नगरपालिकामा स्थापना गरिएको यो चौथो शहरी स्वास्थ्य केन्द्र हो।

    स्थानीय तहको निर्वाचनअघि अर्खौलेको नवलपुर र दुर्छिमको हैदेमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएकामा निर्वाचित जनप्रतिनिधि आएपछि राजापानीको आहालेमा शहरी स्वास्थ्य केन्द्र विस्तार गरिएको थियो ।

    images

    बृहत स्वास्थ्य शिबिर आयोजना

    images

    यसैबीच, झाप्पामा शहरी स्वास्थ्य केन्द्र उद्घाटनको अवशरमा बृहत स्वास्थ्य शिबिर आयोजना गरिएको छ । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने दुरदराजका सर्वसाधारणलाई लक्ष्यित गर्दै एकदिने स्वास्थ्य शिबिर आयोजना गरिएको हो।

    २३१ जनाले स्वास्थ्य सेवा लिएकामा आङ खसेका ७ महिलाको शरीरमा रिङ प्रेसरी राखिएको छ। १६ जनाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्दा कसैलाई पनि समस्या नदेखिएको स्वास्थ्य शाखा सह–संयोजक घिमिरेले बताए। शिबिरमा दुई महिलाले परिवार नियोजन इम्प्लान्ट राखेका छन्।

    नगरपालिकामा स्थापना गरिएको अस्थायी कोभिड अस्पतालमा काम गरेर अन्यत्र सरुवा गइसकेका डा. कृष्णकुमार राउतको समन्वयमा स्वास्थ्य शिबिर सञ्चालन गरिएको हो।

    शिबिरमा काठ्माण्डौंबाट चार जना र अस्थायी कोभिड अस्पतालमा हाल कार्यरत एक डाक्टरले सर्वसाधारणको चेकजाँच गर्नुका साथै औषधि वितरण गरेका थिए। डा. राउतकै समन्वयमा तीन लाख बराबरको औषधि वितरण गरिएको सह–संयोजक घिमिरेले बताए।

    images
    images

    प्रकाशित :चैत्र ५, २०७८ शनिवार - ०७:०५:३८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij