• बिहिवार, आश्विन २२ गते २०८३

Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते


धनकुटामा कम्युनिष्टका एक सय बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, रामहरी र सुनिल बहादुरले गरे भव्य स्वागत

धनकुटामा कम्युनिष्टका एक सय बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, रामहरी र सुनिल बहादुरले गरे भव्य स्वागत

images

प्रभाव न्यूज

२८ फाल्गुण २०७८
  • 21.3K
    SHARES
  • images
    धनकुटामा कम्युनिष्टका एक सय बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, रामहरी र सुनिल बहादुरले गरे भव्य स्वागत
    images
    images
    images

     

    images

    2.jpgकाठमाडौं- धनकुटाको छिन्ताङमा नेकपा एमाले र नेकपा माओवादीका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

    शनिबार शहीद भूमि गाउँपालिकामा कांग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरि करिव एक सय जना कांग्रेसमा प्रवेश गरेका हुन्।

    नव प्रवेशीहरुलाई धनकुटाको लागी केन्द्रीय प्रतिनिधि तथा केन्द्रीय सदस्य रामहरि खतिवडा, केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुनिलबहादुर थापा, जिल्ला सभापति दिनेश राई, पूर्वसभापति हरिकुमार राईलगायतले भव्य स्वागत गरेका छन्।

    images

    पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै केन्द्रीय सदस्य रामहरि खतिवडाले कम्युनिस्ट भनेका भगवान पशुपतिनाथलाई पनि झुक्काउनेहरू रहेको टिप्पणी गरेका छन्।

    images

    खतिवडाले जनतालाई झुक्काएर लाभ लिएका कम्युनिस्टले पशुपतिनाथलाई पनि बेलाबेला झुक्काउने गरेको बताए।

    कम्युनिस्ट नेता र पशुपतिनाथको कथा सुनाउँदै खतिवडाले भने, ‘विदेशमा उपचार गर्न गएका एकजना कम्युनिस्ट नेता चढेको पानीजहाज सुनामीमा प¥यो । ती नेताले पशुपतिनाथलाई सम्झिएर घर बेचेर दान गर्ने भागकल गरे।’ ‘ती कम्युनिस्ट नेताको घरमा कुकुर थियो। कुकुरको मूल्य ५ करोड राखे।

    घरको मूल्य १ रुपियाँ राखे। घर किन्ने व्यापारीले सोध्यो, कुकुरको मूल्य ५ करोड किन? घरको मूल्य एक रुपियाँ किन?’, खतिवडाले कथा भन्दै उल्लेख गरे, ‘ती कम्युनिस्ट नेताले कुकुर पालेका कारण मैले झापाबाट जिँते, संसदीय दलको नेता बने। प्रधानमन्त्री बने। कुकुर भाग्यमानी छ। कुकुर घर १ रुपैयाँमा पाइन्छ।’ ‘घर बिक्री भयो। ती कम्युनिस्ट नेता पशुपतिमा गएर एक रुपैयाँ चढाए। मेरो घर एक रुपैयाँमा बिक्री भयो भने।

    पशुपतिनाथ भगवानलाई पनि कम्युनिस्टले ढाँटे’, खतिवडाले भने, ‘कम्युनिस्ट भनेका झुठ बोलेर जनतालाई भ्रममा पारेर शासन गर्नेहरू हुन्।’ अबको निर्वाचनमा धनकुटा जिल्लामा कम्युनिस्टलाई हराएर कांग्रेसको चुनाव चिन्ह रुखमा भोट हालेर जिताउन उनले अपील गरेका छन्।

    ‘कांग्रेस यस्तो पार्टी हो। जसले सबैलाई उचित सम्मान गर्छ। सबै जातजाती, धर्मलाई सम्मान गर्छ’, खतिवडाले भने, ‘यो पार्टी बलबहादुर राई, भूबिक्रम नेम्वाङ, भीमबहादुर तामाङको पार्टी हो।’ ‘शहीद भूमिमा आउँदा, यो राई भूमिमा आउँदा ती नेताहरूलाई सम्मान गर्न चाहन्छु’, उनले भने, ‘नेपाली कांग्रेसले जन्माएका ती नेताहरू उच्च सम्मानमा पुग्नुभयो।’ उनले भने, ‘२५ प्रतिशत राईको बसोबास भएको धनकुटाको छिन्ताङमा आएर नेपाली कांग्रेसको चारतारे झण्डामुनि उपस्थित गराएर रातो टीका लगाउन पाउँदा सभापति शेरबहादुर देउवा, दिनेश राई, सुनिलबहादुर थापासहित हामी सबै खुसी भएका छौं।’

    कांग्रेस नेता खतिवडाले निर्वाचनमा छाप लगाउने बेला एक पटक ‘रुख’मा भोट हालिदिन अनुरोध गरेका छन्।

    ‘कम्युनिस्टले ३० वर्ष जित्दा कसैको परितर्वन भएन। कांग्रेसले जित्दा परिवर्तनको अनुभूति भएको छ’, उनले भनेका छन्। ओली कम्युनिस्टका सबैभन्दा धनी नेतामा पर्ने उनले टिप्पणी गरेका छन्।

    ‘मेरो केही सम्पत्ति छैन भन्ने केपी ओलीको बालकोटमा घर छ। कम्युनिस्ट भनेका पशुपतिनाथलाई पनि ढाँट्छन्। छिन्ताङ देवीलाई ढाँटेर पनि शासन गरेका छन्। अब धनकुटामा कांग्रेसको विजयी हुनेछ।’

    images
    images

    प्रकाशित :फाल्गुण २८, २०७८ शनिवार - १९:२९:४८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij