• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


ओली समूहलाई हुने भयो चाँदी कटाई, १५ सय नेता लिएर जाँने भए बामदेव

ओली समूहलाई हुने भयो चाँदी कटाई, १५ सय नेता लिएर जाँने भए बामदेव

images

प्रभाव न्यूज

२९ पौष २०७७
  • 13.8K
    SHARES
  • images
    ओली समूहलाई हुने भयो चाँदी कटाई, १५ सय नेता लिएर जाँने भए बामदेव
    images
    images
    images

    काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं परराष्ट्रमन्त्रीले प्रदीपकुमार ज्ञवालीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनेगरी बाटो खोल्न प्रस्ताव गरेको खुलासा गरेका छन ।

    images

    उनले खुमलटारमा प्रचण्डसँग प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनेगरी बाटो खोल्न प्रस्ताव गरेको बताएका हुन् ।
    उनले भने हामी त दोहो-याएर प्रधानमन्त्री भयौँ उहाँ गौतम लाई पनि प्रधानमन्त्री हुने बाटो खोलौँ न भन्नुभयो’, उनले भने, ‘उक्त छलफलमा उपाध्यक्ष गौतम पनि सहभागी हुनुहुन्थ्यो।’

    प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं परराष्ट्रमन्त्रीले प्रदीपकुमार ज्ञवालीले केही नेताको कहिल्यै पूरा नहुने चाहनाका कारण पार्टीमा समस्या आएको बताएका छन् ।

    आइतबार अनेरास्वियू केन्द्रीय समितिद्वारा आयोजित बृहत् कार्यकर्ता भेलामा नेता ज्ञवालीले यस्तो बताएका हुन्। ‘हाम्रा केही नेताको हाम्रा कहिल्यै पूर्ति नहुने पदीय आकांक्षा आजको मुख्य समस्या हो’, उनले भने ।

    images

    उनले प्रचण्ड–नेपालतर्फ संकेट गर्दै विधि र प्रक्रियाभन्दा बाहिरबाट प्रधानमन्त्री र अध्यक्ष हुन खोजेको बताए । उनले प्रधानमन्त्री ओलीले नेतृत्व हस्तान्तरणका लागि विशेष महाधिवेशन गरौँ भनेर प्रस्ताव गर्दा प्रचण्डले अस्वीकार गरेको बताए ।

    images

    श्रमन्त्री ज्ञवालीले पुस ४ गते प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमै पुगेर एकताको विशेष महाविेशन गर्न प्रस्ताव गरेको बताए ।

    प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डको निवासमै पुगेर विशेष महाधिवेशन गर्न प्रस्ताव गर्नु भएको थियो’, उनले भने, ‘उहाँहरु महाधिवेशन पनि स्वीकार गर्नुहुन्न, नेतृत्वको लालसा पनि छाड्नु हुन्न ।

    नेकपाको विवादमा तठस्थ रहदै आएका पार्टी उपाध्यक्ष समेत रहेका बामदेव गौतम ओली समुहमा ढल्किने संकेत देखाएका छन। गौतम निकट श्रोतका अनुसार गौतमले आफुले पार्टी एकताका लागी छुट्टै कित्ता निर्माण गरिरहेको बुझिएको छ ।

    प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्रीको अफर दिएरै भए पनि आफ्नो समूहमा ल्याउने गरि गृहकार्य भैरहेको बताईएको छ । यसको अन्तिम टुंगो लाग्न भने अझै केहि दिन लाग्न सक्ने श्रोतको दाबि छ ।

    images
    images

    प्रकाशित :पौष २९, २०७७ बुधवार - १५:४८:२५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij