काठमाडौं- स्थानीय तह निर्वाचनका लागि प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले अभियान सञ्चालन गर्ने भएको छ।
केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार बसेको वैशाख ३० गते हुने निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गर्दै अभियान सञ्चालन गर्ने घोषणा गरेको हो।
काँग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टीको निर्वाचन घोषणापत्र सभापतिले परामर्श गरी सार्वजनिक गर्ने बताए।
काँग्रेसले स्थानीय तहको निर्वाचन अभियानमा ‘घर-घर जाऊ काँग्रेस जिताउ’ नारा तय गरेको उनले बताए। फागुन २० गते देखि चैत ३० गतेसम्म निर्वाचन अभियान चलाइने महतले बताए।