• बुधवार, कार्तिक १९ गते २०८३

TRENDING :

Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते


यस कारण गर्‍यो प्रचण्ड समूहले भोलि देशव्यापी आमहड्ताल

यस कारण गर्‍यो प्रचण्ड समूहले भोलि देशव्यापी आमहड्ताल

images

प्रभाव न्यूज

२१ माघ २०७७
  • 21.7K
    SHARES
  • images
    यस कारण गर्‍यो प्रचण्ड समूहले भोलि देशव्यापी आमहड्ताल
    images
    images
    images

    काठमाडौं - कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक निकायमा बलमिच्याइँ गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–नेपाल पक्षले भोलि बिहीवार देशभर आमहड्ताल गर्ने भएको छ ।

    images

    ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा नियुक्त गरेकी छन् ।

    सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानूनी रूपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै प्रचण्ड-नेपाल पक्षले आकस्मिक रूपमा भोलि बिहीवार देशव्यापी आमहड्ताल घोषणा गरेको छ ।

    बुधवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायमा गरिएको नियुक्ति बलमिच्याइँ र निरंकुशतन्त्रको पराकाष्ट भएको बताएका छन् ।

    images

    नियुक्तिको विरोधमा आमहड्ताल गर्नु बाध्यता भएको भन्दै श्रेष्ठले भने, ‘केही असहज स्थिति हुनेछ, यसका निम्ति पार्टीको तर्फबाट क्षमायाचना गरेका छौं ।’

    images

    संविधान र लोकतन्त्रको रक्षाका लागि हड्तालको स्वरूपको संघर्ष गर्नुपर्ने अवस्था आएको श्रेष्ठले बताएका छन् । हड्तालका क्रममा अत्यावश्यक सेवाका साथै परीक्षामा अवरोध नगर्ने समेत संघर्ष समितिका सहसंयोजक पम्फा भुसालले जानकारी दिइन् ।

    परीक्षा दिन जाने विद्यार्थीले प्रवेशपत्र देखाएर आफ्नो सवारीसाधन ल्याउन पाउने संघर्ष समितिले जानकारी दिएको छ । संयोजक श्रेष्ठले माघ २८ गते काठमाडौंमा जनसभा गर्ने कार्यक्रम यथावत नै राखिएको बताएका छन् ।

    images
    images

    प्रकाशित :माघ २१, २०७७ बुधवार - १९:१२:३२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij