• बुधवार, कार्तिक १९ गते २०८३

TRENDING :

Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते


डा.गोविन्द केसी पनि मैदानमा उत्रिए, ओलीको रबैया बिरुद्ध चौतर्फी घेराबन्दी

डा.गोविन्द केसी पनि मैदानमा उत्रिए, ओलीको रबैया बिरुद्ध चौतर्फी घेराबन्दी

images

प्रभाव न्यूज

२१ माघ २०७७
  • 13.5K
    SHARES
  • images
    डा.गोविन्द केसी पनि मैदानमा उत्रिए, ओलीको रबैया बिरुद्ध चौतर्फी घेराबन्दी
    images
    images
    images

    काठमाडौं- प्रतिनिधिसभा विघटन गरेर चुनावको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओली चौतर्फी घेराबन्दीमा पर्दै गएका छन् । विभिन्न राजनीतिक दल र नागरिक समाजले ओलीविरुद्ध आन्दोलन गरिरहेका बेला सत्याग्रही डा. गोविन्द केसी समेत ओलीविरुद्ध मैदानमा उत्रिएका छन् ।

    images

    डा. केसीले एक प्रेस विज्ञप्ति जारी गर्दै ३ हप्तामा आफ्ना माग पूरा नभए फेरि अनसनमा बस्ने घोषणा गरेका छन् । केसीले संसद विघटनविरुद्ध संविधानको रक्षा र संवैधानिक नियुक्ति रद्द गर्नुपर्ने माग राखेका छन् । मागहरू पूरा नगरे आगामी फागुन १२ गतेदेखि २१ औं अनसनमा बस्ने चेतावनी केसीले दिएका छन् ।

    ‘हामी १ दशकदेखि देशको स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका पक्षमा निरन्तर संघर्षरत छौं । हाम्रा कति मागहरू हालसम्म पूरा भएका छैनन् र हामीसित भएका धेरै सम्झौता कार्यान्वयनमा गएका छैनन् ।

    चिकित्सा शिक्षा ऐन जारी भएर चिकित्सा शिक्षा आयोग बने पनि ऐनमा सुधार गर्नुपर्ने कुरा धेरै छन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘चिकित्सा शिक्षा नियमावली बनाउँदा विक्रम संवत् २०८५ देखि मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउने भन्ने ऐनका प्रावधानहरू समेटिएका छैनन् ।

    images

    ऐन अनुसार सार्वजनिक संस्थाका रूपमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने कुम्स र नेपाली सेनाको मेडिकल कलेजले अझै त्यति छात्रवृत्ति दिएका छैनन् । यी सबै एजेण्डाका लागि हामी निरन्तर लडिरहनेमा कसैले शंका नगरे हुन्छ ।’

    images

    ओलीका कारण देशमा उत्पन्न संवैधानिक संकटप्रति पनि डा. केसीले चिन्ता व्यक्त गरे । ‘आगामी कैयौं पुस्ताका नेपालीहरूको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरू गर्ने निर्णय गरेका छौं,’ विज्ञप्तिमा उल्लेख छ। 

    images
    images

    प्रकाशित :माघ २१, २०७७ बुधवार - ०७:३४:१९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij